
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता परीक्षाको मिति तय गरेको छ । परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्र परीक्षाको मिति भदौ १५ देखि २० गतेसम्म सञ्चालन हुने गरी तय गरेको हो ।
परीक्षा तालिका, प्रवेश पत्र, परीक्षा केन्द्र र अन्य थप जानकारीका लागि परिषद्को आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने सूचनामा उल्लेख छ ।