२८ जेठ २०८३, बिहीबार
सुन बरामद प्रकरण

६० किलो ७१६ ग्राम भयो विमानस्थल बाहिरबाट समातेको सुनको आधिकारिक तौल

साउन ३०, २०८०
काठमाडौं
६० किलो ७१६ ग्राम भयो विमानस्थल बाहिरबाट समातेको सुनको आधिकारिक तौल

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बाहिरबाट जफत गरिएको सुनको यकिन तौल  ६० किलो ७१६ ग्राम किलो कायम भएको छ ।

बरामद सुन मंगलवार गालेर जोख्दा ६० किलो ७१६ ग्राम किलो भएको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । 

उनका अनुसार ७३ ग्राम सुन जर्तीमा गएको हो । यसअघि ब्रेक सुबाट निकालिएको सुन निकाल्दा हिजो ६० किलो ७ सय ८९ ग्राम भएको थियो ।

मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको सुन हिजादेखि जोख्ने प्रक्रिया शुरू गरिएको थियो ।

यसअघि ब्रेक सुबाट छुट्याइएको सुन गालेर बिस्कुट आकार बनाइएको थियो । 

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले समातेको थियो । अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्