२७ जेठ २०८३, बुधबार

ललिता निवास प्रकरण : सीआईबीको थुनामा रहेका २ जनालाई तारेखमा राख्न अदालतको आदेश

साउन ३१, २०८०
काठमाडौं
ललिता निवास प्रकरण : सीआईबीको थुनामा रहेका २ जनालाई तारेखमा राख्न अदालतको आदेश

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका धर्म गौतम र लोकहरी घिमिरेलाई तारेखमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ । 

प्रहरी हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालीन प्रमुख गौतम र समरजंग कम्पनीका पूर्व प्रमुख घिमिरेलाई रिहा गर्न अदालतले आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका उनीहरू दुवै जनालाई रिहा गर्न आदेश गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार न्यायाधीश किशोर घिमिरेको इजलाशले तारेखमा राखेर अनुसन्धान गर्न सीआईबीलाई आदेश गरिएको हो । ८० वर्षभन्दा बढी उमेर रहेको तथा स्वास्थ्यका कारण देखाउँदै ती दुवै जनालाई तारेखमा राख्न आदेश गरिएको छ । 

सीआईबीले अनुसन्धानका क्रममा ती दुवै जनालाई पक्राउ गरी हिरासतमा राखेकोमा अदालतले तारेखमा राख्न आदेश गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्