११ असार २०८३, बिहीबार

आजबाट दुई नेपाली फिल्म प्रदर्शनमा

भदौ १, २०८०
काठमाडौं
आजबाट दुई नेपाली फिल्म प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ​

गणेशदेव पाण्डेको निर्देशनमा बनेको ‘जुलेबी’ र मिलन आले मगरको निर्देशन रहेको फिल्म ‘हिँड्दा हिँड्दै’ हलमा लागेका हुन् । 

रत्नपार्कलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जुलेबी’मा सुरक्षा पन्त, निशा अधिकारी, सुशील सिटौला, उषा रजक, मोनिका थापा लगायतको अभिनय रहेको छ । यो फिल्मलाई १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् । 

त्यस्तै, प्रेमकथामा निर्माण भएको ‘हिँड्दा हिँड्दै’मा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, भोला सापकोटा लगायतको अभिनय छ । यो फिल्म भने सबै उमेरका दर्शकका लागि खुला छ ।

salt training

कमेन्ट गर्नुहोस्