×

NMB BANK
NIC ASIA

अस्पताल हाताभित्र अदक्ष जनशक्तिद्वारा औषधि बिक्री

भक्तपुर | भदौ १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ ।

Muktinath Bank

जिल्ला समन्वय समिति भक्तपुरले आज जिल्लाका सरकारी अस्पतालमा गरेको अनुगमनका क्रममा भक्तपुर अस्पतालको हाताभित्र सञ्चालित साझा औषधि पसलमा औषधि बिक्री गर्ने जनशक्तिसमेत अदक्ष रहेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 औषधि बिक्री गर्ने कुनै पनि औषधि पसलमा तीन वर्षे फार्मेसी उत्तीर्ण गरेको व्यक्तिले मात्रै औषधि बिक्री गर्न पाउने सरकारी नियम भए पनि साझा औषधि लिमिटेडले भने सरकारी नियमविपरीत कार्यालय सहयोगीलाई औषधि बिक्रीका लागि राखेको पाइएको हो ।


Advertisment
Nabil box
Kumari

जिससका प्रमुख ईश्वर थापाले जिल्लामा रहेका क्यान्सर अस्पताल, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पतालको अनुगमन गर्दा भक्तपुर अस्पतालमा साझाले बिक्री गर्ने औषधिमै मानवीय स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको बताए। साझा औषधि भक्तपुर अस्पतालसँग धेरै वर्ष अगाडि गरेको सामान्य सम्झौताका आधारमा जबरजस्ती र अवैधरूपमा बसेको अस्पताल प्रशासनले अनुगमनका क्रममा जानकारी दिएको बताए ।

Vianet communication
Laxmi Bank

उनले केही दिन अगाडि मात्रै पनि स्वास्थ्य मन्त्रालयको टोली नै आएर अदक्ष कामदार राखेको भन्दै बन्द गराए पनि मन्त्रालयको टोली फर्किए लगत्तै साझाले फेरि औषधि बिक्री गरेको अस्पतालले जानकारी दिएको बताए । 

गत साउन १९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा सङ्गीता कौशल मिश्रको नेतृत्वमा मन्त्रालयका महाशाखा प्रमुख डा मदन उपाध्याय, स्वास्थ्य मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा पवन शाहलगायतको टोलीले साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसलको सटर बन्द गराएको थियो ।

मन्त्रालयको टोलीले गरेको अनुगमनमा साझाले आफ्नो कार्यालय सहयोगी प्रह्लाद ढकाललगायत अदक्ष जनशक्तिबाट औषधि बिक्री गरेको पाइएपछि तत्कालै पसल बन्द गराएर फर्किए पनि टोली फर्किए लगत्तै पुनःपसल खुलाएर औषधि बिक्री जारी राखेको थियो । अस्पतालले यसबारेमा मन्त्रालयलाई जानकारी गराएपनि कुनै कारबाही नभएको, साझाले जबरजस्ती भाडा नतिरी अस्पतालको भवन हडपेर बसेको अस्पताल प्रशासनको भनाइ छ । 

अस्पताल विकास समितिका अध्यक्ष रमन कायस्थले आफू आएपछि पनि अस्पताल प्रशासनले पटकपटक साझालाई भक्तपुर अस्पतालको परिसर छाड्न पत्राचार गरेको र यसबारेमा मन्त्रालयमा जानकारी गराएको भए पनि कुनै कारबाही नभएको र साझाले भवन पनि नछाडेको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x