२२ असार २०८३, सोमबार

ब्याज बढेपछि नेप्समा लगातार गिरावट, १२ अंकले घट्यो शेयर बजार

भदौ ४, २०८०
काठमाडौं
ब्याज बढेपछि नेप्समा लगातार गिरावट, १२ अंकले घट्यो शेयर बजार

वाणिज्य बैंकहरूले ब्याजदर बढाएपछि शेयर बजार परिसूचक नेप्से लगातार घटिरहेको छ । 

नेप्से परिसूचक घट्नुका साथै कारोबारमा पनि कमी आएको छ । 

सोमवार नेप्से परिसूचक १२.९३ अंकले घटेको छ । नेप्सेको सूचक घट्दा कारोबार रकम पनि १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ ।

आइतवार शेयर बजार घटेपनि कारोबार भने १ अर्ब ४४ करोड रुपैयाँ भएको थियो ।

बैंकहरूले भदौ १ (शुक्रवार)देखि ब्याजदर बढाएका छन् । बैंकहरूले बढाएको ब्याजदरको प्रभाव स्वरूप आइतवारको नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ बिन्दुमा झरेको थियो । सोमवार उक्त सूचक १९९८.२८ अंकमा सीमित भएको छ ।  

नेप्से घटेको दिन सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरले भने १० प्रतिशतले कमाएका छन् ।

सोमवार सबैभन्दा बढी गुमाउनेमा मेन्छियम हाइड्रोपावर छ, उसले ७.९९ प्रतिशतले गुमाएको छ ।

सोमवार नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये २७२ वटा कम्पनीको ४१ लाख कित्ता शेयर ३९ हजार पटक कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्