
नेपालको चिरपरिचित चिया कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले केही समयअघि बजारमा आफ्नो उत्पादन टोकला चियाअन्तर्गत ८ वटा नयाँ फ्लेवरयुक्त चिया टोकला गोल्ड लिफ टी ब्याग इन्भेलपमा ल्याएको छ ।
कम्पनीका अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङसहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी गरी ८ वटा फ्लेवरयुक्त चिया बजारमा ल्याएको हो ।
आफ्नै बगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्षभन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र मागअनुसार उच्च गुणस्तरीय प्याकिङसहीत इन्भेलपमा ८ वटा स्वाद युक्त फ्लेवर चिया टी ब्यागमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार यो चिया भाटभटेनी, बीगमार्ट लगायतका नेपाल भरी चुनिएका केही प्रसिद्ध खुद्राबिक्रेतामार्फत बजारमा उपलब्ध गरिएको छ । यी ८ वटा फ्लेवरयुक्त टी ब्याग चियाको बजार मूल्य.१६० देखि २२५ रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले जनाएको छ ।