२१ असार २०८३, आइतबार

कालीमाटीमा भारतबाट प्याज भित्रिन छाडेसँगै मूल्य सूचीबाट हटाइयो

भदौ ६, २०८०
काठमाडौं
कालीमाटीमा भारतबाट प्याज भित्रिन छाडेसँगै मूल्य सूचीबाट हटाइयो

कालीमाटी तरकारी बजारमा भारतको प्याज आउन छोडेको छ । भारतले निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै कालीमाटीमा भारतको प्याज आउन छोडेको हो । 

आइतवार रातिदेखि नै कालीमाटीमा भारतीय प्याज भित्रिएको छैन । सामान्य अवस्थामा भारतबाट दैनिक एक सय टन प्याज भित्रिँदै आएको थियो । 

भारबाट भित्रिन छाडेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै हटाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ । 

कमेन्ट गर्नुहोस्