२२ असार २०८३, सोमबार

जेबी टुहुरेलाई जनगायकको उपाधि

भदौ ६, २०८०
काठमाडौं
जेबी टुहुरेलाई जनगायकको उपाधि

सरकारले स्व. जुठबहादुर खड्गी (जेबी टुहुरे)लाई जनगायकको उपाधि दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको हो ।

गीत संगीतको क्षेत्रको बाट राजनीतिक आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दै टुहुरेलाई उपाधि दिने निर्णय भएको सरकारकी प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टुहुरेको २०७८ भदौ १० गते ७८ वर्षको उमेरमा निधन भएको थियो । ‘आमा दिदी बहिनी हो, कति बस्छौं दासी भइ ...’ लगायत गीत गाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्