२७ असार २०८३, शनिबार

विश्वकपको कीर्तिमान तोड्दै चन्द्रयान–३ बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिएको लाइभ भिडियो

भदौ ७, २०८०
काठमाडौं
विश्वकपको कीर्तिमान तोड्दै चन्द्रयान–३ बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिएको लाइभ भिडियो

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो ।

आफ्नो देशका वैज्ञानिकहरूले नयाँ इतिहास रचेसँगै विश्वका विभिन्न कुनामा रहेका भारतीयहरूले खुसी मनाइरहेका छन् । 

बुधवार चन्द्रयान अवतरण युट्युबमा प्रत्यक्ष प्रसारण (लाइभ) भएको थियो । त्यसले विश्व कीर्तिमान नै तोडेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । 

null

अमर उजालाका अनुसार चन्द्रयान–३ को अवतरणको लाइभ विश्वभरीबाट ८.०६ मिलियन (८६ लाख) मानिसले हेरेका थिए । यसले पुरानो कीर्तिमान भंग गरेर नयाँ रचेको दाबी गरिएको छ ।

गत वर्ष कतारमा भएको विश्वकप फुटबलअन्तर्गत् ब्राजिल र दक्षिण कोरियाविरुद्धको खेल युट्युबमा सर्वाधिक हेरिएको थियो । सो खेल ६.१५ मिलियन (६१ लाख ४० हजार) दर्शकले हेरेका थिए । सो कीर्तिमान बुधवार चन्द्रयान– ३ को अवतरणले तोडेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्