१० साउन २०८३, आइतबार

‘जवान’मा नयाँ अवतारमा देखिए शाहरुख, तस्बिर शेयर गर्दै भने– यो त शुरुवात हो

भदौ ९, २०८०
काठमाडौं
‘जवान’मा नयाँ अवतारमा देखिए शाहरुख, तस्बिर शेयर गर्दै भने– यो त शुरुवात हो

यतिबेला बलिउड सुपरस्टार शाहरुख खान नयाँ फिल्म ‘जवान’लाई चर्चामा छन् । उनले हालै गरेको ट्विटमा जवानका विभिन्न रुप देखाएपछि त्यसको चर्चा भएको हो ।

त्यो त शाहरुखको नयाँ फिल्मलाई लिएर अहिले व्यग्र प्रतीक्षा पनि भइरहेको छ । फिल्मले प्रिभ्यूमा सबैको ध्यान आक्रिष्ट गरिसकको छ । जवानलाई लिएर आम दर्शक यति दिवाना बनिरहेका छन् कि उनीहरूलाई पर्खनै मुस्किल परिहेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

हुन पनि यो फिल्मको विदेशमा एड्भान्स बुकिङ भइसकेको छ । विदेशमा यसले को विदेशमा एड्भान्स बुकिङ भइसकेको छ । विदेशमा यसले ‘पठान’को कीर्तिमान भंग गर्ने आकलन छ । यता जवानलाई लिएर शाहरुख पनि उस्तै उत्साहित देखिएका छन् । यसैले त उनले जवानका केही तस्बिर बाहिर ल्याएका छन् । जहाँ उनलाई फरक–फरक लुकमा देख्न सकिन्छ ।

कुनै तस्बिरमा शाहरुखले मास्क त कुनैमा पट्टी लगाएका छन् । कुनैमा उनी 'तक्लु अवतार'मा पनि देखिएका छन् ।

सामाजिक सञ्जालमा ‘जवान’का तस्बिरहरू राख्दै उनले भनेका छन्, ‘यो त शुरुवात हो । न्यायका अनेक अनुहार...’ आदि आदि ।
 

salt training

कमेन्ट गर्नुहोस्