११ साउन २०८३, सोमबार

अभिनेत्री नम्रताले दिइन् सानु र सारुकलाई श्रद्धाञ्जली

भदौ १०, २०८०
काठमाडौं
अभिनेत्री नम्रताले दिइन् सानु र सारुकलाई श्रद्धाञ्जली

अभिनेत्री नम्रता श्रेष्ठले दिवंगत अभिनेता सानु ताम्राकार र उनका छोरा अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिएकी छन् ।

नम्रताले सामाजिक सञ्जालमा बावु र छोराको तस्वीर राखेर श्रद्धाञ्जली दिएकी हुन् । सारुकको डेढ महिनाअगाडि र सानुको शनिवार निधन भएको थियो । 

‘ह्यासटयाग माया’को छायांकनमा व्यस्त रहँदा सारुकले आफ्नै घरमा आत्महत्या गरेका थिए ।

यो फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठले शीर्ष भूमिकामा अभिनय गरिरहेकी थिइन् । सारुकको आत्महत्यालाई लिएर नम्रता विवादमा समेत तानिँदै आएकी थिइन् । यद्यपि, उनले कुनै टिप्पणी गरेकी थिइनन् । 

छोरा सारुकको निधनबाट विक्षिप्त बनेका सानुलाई तीन साताअघि नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । मिर्गौलासम्बन्धी रोगले पीडित ताम्राकारको उपचारकै क्रममा शनिवार निधन भयो । उनको पार्थिव शरीरलाई आइतवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

अभिनेत्री नम्रताले आइतवार दिउँसो आफ्नो आधिकारिक फेसबुक पेजमा बुवा छोराको तस्वीर राखेर श्रद्धाञ्जली दिएकी हुन् ।

उनले सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनेर प्रार्थना गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्