वीरगन्ज, ३ असोज– पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन् ।
ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले २२४ मत ल्याएर अगाडि छन् भने नेकपा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठ २०७ मतसहित माओवादीका उम्मेदवारलाई पछ्याइरहेका छन् ।
ठोरीको अध्यक्षमा कांग्रेसका उम्मेदवारले भने अहिलेसम्म ५२ मत मात्रै प्राप्त गरेका छन् ।