२९ जेठ २०८३, शुक्रबार

न्यायाधीश सिफारिस शर्माविरुद्ध उजुरी आह्वान

भदौ १६, २०८०
काठमाडौं
न्यायाधीश सिफारिस शर्माविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ ।  संघीय संसद्अन्तरगतको संसदीय सुनुवाइ समितिले सूचना प्रकाशित गर्दै उजुरी माग गरेको हो । 

‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा पत्र प्राप्त हुन आएकोले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,‘सूचनामा भनिएको छ । 

शर्मालाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत सूचना वा उजुरी दिन सकिनेछ ।

null

salt training

कमेन्ट गर्नुहोस्