२९ जेठ २०८३, शुक्रबार

तनाव व्यवस्थापन कसरी गर्ने ?

कात्तिक ११, २०८०
काठमाडौं
तनाव व्यवस्थापन कसरी गर्ने ?

वरिष्ठ मनोचिकित्सक डा अरविन्द भुसालले नागरिक वर्तमानतर्फ नै केन्द्रित भएमा तनाब व्यवस्थापन गर्न सकिने बताएका छन्। 

नेपाल पत्रकार महासङ्घ, केन्द्रीय महिला विभागद्वारा आज आयोजित ‘तनाब व्यवस्थापन परामर्श तथा तीज’ कार्यक्रममा उनले पछिल्लो समयमा  भविष्यको चिन्ता गरिदा जीवनलाई चिन्तातर्फ उन्मुख गराएको बताए । उनले सबै नागरिक वर्तमान समय केन्द्रित भएमा केही तनाब व्यवस्थापन गर्न सकिने विश्वास दिलाए । 

व्यक्तिअनुसार तनाब व्यवस्थापन गर्ने तरिका फरक भए पनि समयमा सुत्ने, स्वस्थ खानेकुरा खाने, योगध्यान गर्ने, आफ्नो क्षमताअनुसार आकांक्षा राख्ने, पारिवारिक शान्त वातावरण सिर्जना गर्ने, जिम्मेवारीमा समानता कायम गर्ने, औचित्यअनुसार केही विषय अस्वीकार गर्ने लगायतका अभ्यासबाट तनाब व्यवस्थापन गर्न सकिने डा भुसालले बताए । 

आफ्ना लक्ष्यलाई प्रभावकारी रुपमा साकार पार्न सकारात्मक तनाब सबै नागिरकका लागि फाइदाजनक भए पनि पछिल्लो समयमा मानिसको कार्य व्यस्तता, पारिवारिक खटपट लगायतका नकारात्मक तनावको हाबी हुनाले व्यक्ति तनाव व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेलले सामूहिक कार्यक्रमले पेशाकर्मीबीच आपसी सहकार्य तथा सुमधुर सम्बन्ध स्थापित गर्न मद्दत पु¥याउने बताउँदै मुलुकका सामाजिक सांस्कृतिक जगेर्ना गर्न मौलिक संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । 

 प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कर्मचारी स्वास्थ तथा तनाबमुक्त हुन सकेमा मात्र पेशा स्वस्थ हुनाले तनाब व्यवस्थापनलाई ध्यान दिन जरुरी रहेको बताए। त्यस्तै नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कामको शिलशिलामा आइपर्ने तनाबलाई व्यवस्थापन गर्न आजको कार्यक्रमले केही टेवा पु¥याउनेमा विश्वास व्यक्त गरे । 

नेपाल पत्रकार महासङ्घ, केन्द्रीय महिला विभागका संयोजक तारा अधिकारीले विशेष गरी पत्रकारिता क्षेत्रमा आबद्ध अधिकांश महिला चिन्ताजनक रहेकाले महिला लक्षित गरी आज कार्यक्रम राखिएको बताइन् । पछिका दिनमा विभागले तनाब व्यवस्थापन परामर्शसम्बन्धी एक दिने गोष्ठी सञ्चालन गर्ने उनले जानकारी दिइन् । रासस

salt training

कमेन्ट गर्नुहोस्