ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ ।
काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेबाली (तरकारी) उत्पादनलाई निरन्तरता दिइरहेका छन् ।
छम्पीमा अहिले जग्गा भाडामा लिएरै व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने क्रम पनि बढिरहेको छ । त्यसैले छम्पीका फाँटहरूमा आजभोलि गोलभेँडा, काँक्रो, काउलीजस्ता खेती गर्ने क्रम पनि बढिरहेको छ ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय छम्की सदियौंँदेखि आत्मनिर्भर क्षेत्र हो । यहाँका उत्पादनले उपत्यकाको मागलाई केही हदसम्म भए पनि पूरा गर्दै आएको छ ।
बढ्दो शहरीकरणले बाँकी यी जग्गा पनि मासिने हुन् कि भन्ने चिन्ता भने बढ्दै गएको छ ।
हेर्नुहोस्, भिडियो :