११ साउन २०८३, सोमबार

निसानको म्याग्नाइट एसयुभीः अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा पनि आउँदै

भदौ २५, २०८०
काठमाडौं
निसानको म्याग्नाइट एसयुभीः अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा पनि आउँदै

नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भएको यो भेरियन्ट ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभी निसान म्याग्नाइट अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटी)सहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।

निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई—म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल (नियन्त्रण) र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै—दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्ने बताइएको छ । निसान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुनेछन् । जसमा एक्सएल मिड, एक्सभी उप्पेर, एक्सभी उप्पेर ड्युल, एक्सभी प्रिमियम र एक्सभी प्रिमियम ड्युल रहेका छन् ।  

निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरले भन्छन्, ‘निसान म्याग्नाइटमा नयाँ एएमटी सुविधा आउनुले— निसानको निरन्तर इनोभेसन (नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधालाई झल्काउँछ ।’

म्याग्नाइटमा रहेको नयाँ एएमटी सुविधा नेपाली उपभोक्ताहरूको आवश्यकता अनुसार निकै उपयोगी हुने पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाको भनाइ छ ।

निसान म्यागनाइट एएमटी चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको कम्पनीले जनाएको छ । यस्तै, म्यागनाइट एएमटीको लन्च नाडा अटो शोमै हुन गइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्