३१ असार २०८३, बुधबार

राहदानी विभागले भन्यो– बिहीवार सार्वजनिक बिदा हो, एसएमएस आएकाहरू पासपोर्ट लिन शुक्रवार आउनू

भदौ २७, २०८०
काठमाडौं
राहदानी विभागले भन्यो– बिहीवार सार्वजनिक बिदा हो, एसएमएस आएकाहरू पासपोर्ट लिन शुक्रवार आउनू

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले बिहीवार सार्वजनिक बिदा परेकाले पासपोर्ट (राहदानी) लिने काम पछिलाई सरेको जनाएको छ ।

विभागले बुधवार एक विज्ञप्ति जारी गर्दै बिहीवारका लागि राहदानी पाउन निश्चित भएकाले शुक्रबार वा त्यसपछिका दिनहरूमा लिन आग्रह गरेको छ ।

यद्यपि, एसएमएस आएका आवेदकहरूले भने शुक्रवार नै राहदानी लिन आउन विभागले अनुरोध गरेको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन बिहीवार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । 

उक्त दिन देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा आधा झण्डा निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले संविधान निर्माण र गणतन्त्र स्थापनामा खेलेको भूमिकाको कदर गर्दै यस्तो निर्णय गरिएको गृहले जनाएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पनि नेम्वाङको अन्त्येष्टि हुने दिन (बुधवार वा बिहीवार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहले पछि बिहीवारलाई मिति तोकेको हो । 

पूर्वसभामुखसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा सोमवार राति निधन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्