२६ असार २०८३, शुक्रबार
सुन तस्करीको नयाँ काण्ड

एक किलो सुन प्रकरण– कांग्रेसका जिल्ला नेता मुछिए, प्रदेश मन्त्रीले काटेको चेक भेटियो

भदौ २८, २०८०
काठमाडौं
एक किलो सुन प्रकरण– कांग्रेसका जिल्ला नेता मुछिए, प्रदेश मन्त्रीले काटेको चेक भेटियो

त्रिभुवन विमानस्थलबाट सोमवार बरामद भएको करीब १ किलो सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसका जिल्ला नेता मुछिएका छन् ।

प्रहरी परिसर काठमाडौंका अनुसार विमानस्थलबाट बरामद उनको सुनको व्यवस्थापक काभ्रे प्रतिनिधिसभा– १ प्रदेश सभा (क) बाट समानुपातिक सांसदका लागि सिफारिश समेत भएका कांग्रेस जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जन रहेको खुलेको छ ।

null

योञ्जनलाई कांग्रेसले प्रचार समिति संयोजक बनाएको पत्र

‘विकासको संलग्नता देखिएको छ,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले लोकान्तरसँग भने । ढुंगेलका अनुसार सुनसहित ३ जना पक्राउ गरेपछि विकास गाडी फोडेर फरार भएका थिए । 

पक्राउ परेका ३ जनाले सम्पूर्ण व्यवस्थापन विकास नै हेर्ने गरेको बयान दिएको अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीले जानकारी दिए ।

‘प्रारम्भिक बयानका क्रममा उनीहरूले विकासले काम दिएको बताएका छन्,’ ती अधिकारीले लोकान्तरसँग भने ।

प्रहरीले विकासले छाडेर भागेको बागमती प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडी समेत बरामद गरेको थियो । 

त्यो गाडीबाट कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिञ्चाइ मन्त्री तीर्थ लामाले विकास योञ्जनका नाममा काटेको ६ लाखको चेक समेत भेटिएको प्रहरीले जनाएको छ ।

दुबईबाट सुन ल्याउने कामको व्यवस्थापन विकास र लगानी तीर्थले गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एक अनुसन्धान अधिकारीले बताए ।

‘व्यवस्थापक योञ्जन भन्ने कुरा बयानमा खुलिसकेको छ, तर तीर्थका विषयमा अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा खटिएका ती अधिकारीले लोकान्तरसँग भने । 

स्रोतका अनुसार यो टोलीले काभ्रेको महाभारत, खानीखोला, तेमाल र रोसीका युवाहरूलाई पर्यटक भिसामा दुबई पठाउने र सुन बोकाएर नेपाल फर्काउने गरेको पाइएको छ ।

‘यसरी पर्यटक भिसामा गएका युवा त्यो हैसियतका देखिँदैनन्, तर बेलाबेला गइरहन्छन्,’ उच्च स्रोतले लोकान्तरसँग भन्यो, ‘तिनै युवाको मलद्वारमा सुन लुकाएर दैनिक एक किलोसम्म ल्याउने गरेको पाइएको छ ।’

यसपटक मलद्वारमा सुन फिट गरिदिने समूहसँग कुरा नमिलेकाले सूचना लीक भएको स्रोतको दाबी छ । 

प्रहरीले २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई हाल पनौती नगरपालिका– ५ बस्ने २८ वर्षीय बाबुलाल दोङलाई विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो ।

अर्को दिन अर्थात २६ गते काभ्रेको रोसी गाउँपालिका– ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका– ३ का ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्न्तानलाई पक्राउ गरिएको थियो ।

उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करीब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्