१० साउन २०८३, आइतबार

युनाइटेड एकता इन्जिनियरिङद्वारा ‘जन्तो’का घरेलु उत्पादन सार्वजनिक

असोज १, २०८०
काठमाडौं
युनाइटेड एकता इन्जिनियरिङद्वारा ‘जन्तो’का घरेलु उत्पादन सार्वजनिक

प्रसिद्ध भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नेपालमा आफ्नो नयाँ उत्पादन ‘जन्तो’ सार्वजनिक गरेको छ ।

काठमाडौंको बौद्धमा आयोजित एक कार्यक्रमका बीच जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनर वेयरजस्ता विभिन्न आधुनिक घरेलु उत्पादनहरू सार्वजनिक गरिएको हो ।
युनाइटेड र युकुक ब्रान्डका विभिन्न सामग्रीहरू पनि प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ ।

नेपाली भान्सामा जन्तोका उत्पादनहरूले उच्च स्थान पाउनुका साथै भान्साको कामलाई सहज र अत्याधुनिक तवरबाट पूरा गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफले बताए ।

कार्यक्रममा डिलरहरूलाई सम्मान तथा रिटेलरहरूलाई चाडपर्वको अवसरमा उपहारको व्यवस्था गरिएको थियो ।

नेपालको लागि एकमात्र आधिकारिक वितरक रेसुङ्गा इन्टरकन्टिनेन्टल प्रालिको माध्यमबाट विभिन्न डिलर र रिटेल पसलहरूमार्फत जन्तोका उत्पादनहरू बजारमा उपलब्ध रहेका कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्