२३ असार २०८३, मंगलबार

अष्ट्रेलियामा उत्कृष्ट बन्यो नेपालीको डिजिटल मार्केटिङ कम्पनी

यहाँ पनि सेवा विस्तार
असोज १, २०८०
काठमाडौं
अष्ट्रेलियामा उत्कृष्ट बन्यो नेपालीको डिजिटल मार्केटिङ कम्पनी

नेपालीले अष्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ । अष्ट्रेलिया बस्ने नेपालीमूलका यूवाले सञ्चालनमा ल्याएको कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ अन्तर्गत सिड्नीको स्थानीय व्यवसायलाई दिइने सम्मानका लागि उत्कृष्टमा परेको हो । सिड्नीको माउण्ट ड्रुइट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिङ कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरूमध्येबाट छानिएर उत्कृष्टहरूमा परेको हो । 

‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाइनिङ, वेब डेभलपमेन्ट, सर्च इन्जिन अप्टिमाइजेसन, ब्रान्डिङका साथै सम्पूर्ण डिजिटल मार्केटिङको काम गर्दछ । गत वर्षदेखि सञ्चालनमा आएको कम्पनीले अष्ट्रेलियामा बिजनेस, माइग्रेसन, त्यहाँको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाइन मिडिया सञ्चालन गरिरहेको बिजनेस डेभलपमेन्ट म्यानेजर मदनमणि अधिकारीले बताए ।

‘डिजिटल एल्गोरिदम’ले सिड्नीमा १५ हजारभन्दा बढी साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई बजार, व्यवसाय प्रबर्द्धन, ब्रान्डिङ लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको उनको भनाइ छ ।

साथै कम्पनीले नेपाली समुदायका व्यवसायीका लागि सुपथ र सुलभ रूपमा डिजिटल सेवाहरू प्रदान गर्ने जनाएको छ ।

 

नेपालमा पनि सेवा विस्तार  

‘डिजिटल एल्गोरिदम’ले छिट्टै नेपालमा पनि नेपाली व्यवसायी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्ना सेवा पुर्याउन चाहनेहरूलाई सहयोगी हुने गरेर सेवा विस्तारको योजना बनाएको बिजनेस डेभलोपमेन्ट म्यानेज अधिकारीले बताए । 

उनले नेपालबाट नेपाली व्यवसायीले पाउन नसक्ने खालका ‘पेमेन्ट’ लगायतका समस्या हटाउने गरेर सेवा सञ्चालनको योजना रहेको उल्लेख गरे । अष्ट्रेलिया बस्ने नेपाली मार्केटर, सफ्टवेयर इन्जिनियरहरूले सञ्चालन गरेको कम्पनीले अहिले नेपालमा आउटसोर्सिङको माध्यमबाट रोजगारीको सिर्जना गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्