×

Dabur
MG

अष्ट्रेलियामा उत्कृष्ट बन्यो नेपालीको डिजिटल मार्केटिङ कम्पनी

यहाँ पनि सेवा विस्तार

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपालीले अष्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ । अष्ट्रेलिया बस्ने नेपालीमूलका यूवाले सञ्चालनमा ल्याएको कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ अन्तर्गत सिड्नीको स्थानीय व्यवसायलाई दिइने सम्मानका लागि उत्कृष्टमा परेको हो । सिड्नीको माउण्ट ड्रुइट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिङ कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरूमध्येबाट छानिएर उत्कृष्टहरूमा परेको हो । 

yONNEX
Sagarmatha Cement

‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाइनिङ, वेब डेभलपमेन्ट, सर्च इन्जिन अप्टिमाइजेसन, ब्रान्डिङका साथै सम्पूर्ण डिजिटल मार्केटिङको काम गर्दछ । गत वर्षदेखि सञ्चालनमा आएको कम्पनीले अष्ट्रेलियामा बिजनेस, माइग्रेसन, त्यहाँको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाइन मिडिया सञ्चालन गरिरहेको बिजनेस डेभलपमेन्ट म्यानेजर मदनमणि अधिकारीले बताए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘डिजिटल एल्गोरिदम’ले सिड्नीमा १५ हजारभन्दा बढी साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई बजार, व्यवसाय प्रबर्द्धन, ब्रान्डिङ लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको उनको भनाइ छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

साथै कम्पनीले नेपाली समुदायका व्यवसायीका लागि सुपथ र सुलभ रूपमा डिजिटल सेवाहरू प्रदान गर्ने जनाएको छ ।

Vianet communication
Laxmi Bank

 

नेपालमा पनि सेवा विस्तार  

‘डिजिटल एल्गोरिदम’ले छिट्टै नेपालमा पनि नेपाली व्यवसायी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्ना सेवा पुर्याउन चाहनेहरूलाई सहयोगी हुने गरेर सेवा विस्तारको योजना बनाएको बिजनेस डेभलोपमेन्ट म्यानेज अधिकारीले बताए । 

उनले नेपालबाट नेपाली व्यवसायीले पाउन नसक्ने खालका ‘पेमेन्ट’ लगायतका समस्या हटाउने गरेर सेवा सञ्चालनको योजना रहेको उल्लेख गरे । अष्ट्रेलिया बस्ने नेपाली मार्केटर, सफ्टवेयर इन्जिनियरहरूले सञ्चालन गरेको कम्पनीले अहिले नेपालमा आउटसोर्सिङको माध्यमबाट रोजगारीको सिर्जना गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् ।  उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेश...

असोज ६, २०८०

चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ र...

असोज ९, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतारबाट प्रविन गुरुङले आफ्ना एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुर...

असोज ७, २०८०

इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुर शाम्स शरणार्थी शिविरमा भएको झडपका क्रममा दुई जना प्यालेस्टिनीको टाउको...

असोज ७, २०८०

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार बिहान यात्रुबाहक रेल र मालबाहक रेल एकआपसमा ठोक्किँदा २९ जना घाइते भएको सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले जनाएको छ । प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्य...

असोज ७, २०८०

चीनको दक्षिणपश्चिमी क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा स्थानीय समयअनुसार आइतबार बिहान ८ः१० बजे आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।  पानझोउ नगर प्रशासनले आफ्नो...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x