![राजकुमारको शब्द–संगीतमा समीक्षाले गाइन् ‘बधाई तिमीलाई...’ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Samikshya_new_song_gw2ZiCjs1q.jpg)
मन परेको फूल टिपी लायौ
म त काँडा बेलैमा पन्छायौं, बधाई तिमीलाई
राजकुमार बगरको शब्द एवं संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
मंगलवार सार्वजनिक ‘बधाई तिमीलाई’ बोलको गीतमा गायिका समीक्षा अधिकारीको एकल स्वर छ ।
त्रिवेणी डिजिटल रेकर्डिङ भएको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा पनि गायिका समीक्षा स्वयंमलाई देख्न सकिन्छ ।
धन खालिङले भिडियोलाई निर्देशन एवं सम्पादन गरेका हुन् ।
‘विक्रान्त पोखरेल’ नामक युट्युबमा भिडियो हेर्न सकिन्छ ।