×

NIC ASIA

आन्दोलनको क्षतिपूर्ति शनिवार पढाएर चुक्ता गर्छौं: संयोजक पराजुली

काठमाडाैं | असोज ५, २०८०

Prabhu Bank
NTC
Premier Steels

शिक्षकहरूले पठनपाठन ठप्प गराएर तीन दिन गरेको आन्दोलनको क्षतिपूर्ति शनिवार पठाएर चुक्ता गर्ने बताएका छन् ।

Muktinath Bank

सरकार र नेपाल शिक्षक संघबीच शुक्रवार साँझ ६ बुँदे सहमति भएर आन्दोलनका कार्यक्रम सकिएको जानकारी दिँदै आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले यस्तो बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षकहरूले पठनपाठन ठप्प पारेर आन्दोलन गरेकोप्रति सामाजिक सञ्जालहरूमा आलोचना भइरहेका बेला उनले शनिवार पढाएर भए पनि पाठ्यक्रम सही ठाउँमा ल्याउने प्रतिबद्धता जनाएकी हुन् ।


Advertisment
Nabil box
Kumari

‘विद्यार्थीको भविश्य हेरेर हामीले आजै सहमति गरेका हौं । किनकि, हामी आन्दोलन थप लम्ब्याउने पक्षमा थिएनौं । अब शनिवार पढाएर भए पनि कोर्स पूरा गछौं,’ लोकान्तरसँग कुरा गर्दै उनले भनिन् । 

Vianet communication

सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रवार साँझ अबेरसम्म भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको थियो । 

६ बुँदे सहमति पत्रमा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी तथा शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधरले हस्ताक्षर गरेका थिए ।

सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ताको नेत्तृत्व गरेका थिए ।

सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा बुधवारदेखि शिक्षकहरू आन्दोलित थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x