१८ असार २०८३, बिहीबार

बढ्न थाल्यो आयात

असोज ८, २०८०
काठमाडौं
बढ्न थाल्यो आयात

गत वर्ष घट्दो क्रममा रहेको आयातमा सुधार देखिन  थालेको  छ  ।  भन्सार  विभागले  सार्वजनिक  गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को भदौसम्मको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा आयात केही बढेको हो ।

विभागका अनुसार भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । जब कि साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएको थियो । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो व्रmममा थियो

। साउनको तुलनामा भदौमा धेरै मूल्यको अन्तर नभए पनि खस्किँदो आयात व्यापार सुधारको सङ्केत भने देखिन थालेको छ । विभागका अनुसार भदौसम्म नेपालले दुई खर्ब ५९ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत भदौको तुलनामा यो ५.०६ प्रतिशतले कम हो ।

समीक्षा अवधिमा सबैभन्दा धेरै १४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात डिजेल आयात भएको छ । त्यसपछि ११ अर्ब ३० करोड रुपियाँको पेट्रोल, सात अर्ब ३२ करोड रुपियाँको एलपी ग्यास, सात अर्ब तीन करोड रुपियाँको फलामजन्य वस्तुको आयात भएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्