×

NIC ASIA

क्रूरताको हद

विवाहेत्तर सम्बन्ध र फेसबूक प्रेमको परिणाम: छोरीसहित पूर्व प्रेमिकाको हत्या

काठमाडाैं | असोज ११, २०८०

Prabhu Bank
NTC
Premier Steels

विवाहेत्तर सम्बन्ध र प्रेमबाट धोका पाएको निहुँमा २ जनाको वीभत्स हत्या भएको छ ।

Muktinath Bank

सल्यानका २८ वर्षीय कर्णबहादुर बस्नेतले सामाजिक सञ्जालमा चिनजान भएर प्रेम बसेकी प्रेमिकाले अर्कैसँग विवाह गरेपछि २ जनाको हत्या गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू पनि विवाहित रहेका बस्नेतले प्रेममा धोका दिएको भन्दै पूर्व प्रेमिका र उनकी नाबालिका छोरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।


Advertisment
Nabil box
Kumari

***

Vianet communication

भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका– २ झालेढुंगास्थित सुकलाल थापाकी श्रीमती २९ वर्षीया रेवती थापा र ९ महिनाकी छोरी रितु थापा अबेरसम्म उठेनन् । 

एक तले टिनको घरमा आमाछोरी नउठेपछि छिमेकीले ढोका खोलेर भित्र हेर्दा जलेको अवस्थामा देखे । 

उनीहरूले लगत्तै प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय लुहामको टोली घटनास्थलमा पुग्यो । घरभित्र शव जलेको अवस्थामा थियो ।

प्रहरीले घटना घटेकोभन्दा पनि घटाइएको भनेर सहजै अनुमान लगायो । त्यहाँ आधा जलेको अवस्थामा मोबाइल, हत्या गर्न प्रयोग गरेको कपडालगायतका प्रमाणहरू फेला परे ।

‘घटनाको प्रकृति हेर्दा हत्या भएको भनेर हामीले सहजै अनुमान लगाउन सक्थ्यौं,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्कीले लोकान्तरसँग भने ।

हत्या कसले गरेको भन्ने अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लुहाम, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी काभ्राबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) रेशमलाल पौडेको कमान्डमा ७ जनाको टोली खटियो ।

त्यो टोलीले घटनाका सम्बन्धमा प्रमाणहरू जुटाउन थाल्यो ।

घटना जटिलजस्तो देखिएपछि जिल्ला प्रमुख डीएसपी नवीन कार्कीकै कमान्डमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट २ जना र सुर्खेतबाटै केनाइनको टोली तालिमप्राप्त कुकुर समेत खटियो । 

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा पनि अभियुक्तलाई फेला पार्न सकेन ।

अनुसन्धान गर्दै जाँदा ६ दिनपछि प्रहरीले सल्यानकै सिद्धकुमाख गाउँपालिका– ३ ढोरचौरबाट २८ वर्षीय कर्णबहादुर बस्नेतलाई पक्राउ गर्‍यो ।

उनलाई प्रहरीले मोबाइलमा भएको प्रमाण र त्यसभन्दा अगाडि त्यहाँ आएको आधारमा पक्राउ गरेको थियो । 

‘उनी त्यसभन्दा अगाडि त्यहाँ आएको भन्ने जानकारी र प्राविधिक विश्लेषणका आधारमा पक्राउ गरेका हौं,’ प्रमुख कार्कीले लोकान्तरसँग भने । 

उनलाई पक्राउ गरेपछि थप रहस्य खुल्यो ।

उनी वैदेशिक रोजगारीबाट आएको २ दिनपछि अर्थात भदौ २६ गते सिद्धकुमाख– २ खानीबाट योजनाबद्ध श्रीनगर बजार पुगेर पट्रोल किनी पैदलै फर्किएको खुल्यो ।

साथै भदौ २९ गते राति पौने १० बजे मृतक रेवतीको घरमा पुगेको समेत पाइयो ।

अभियुक्त बस्नेतले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा पहिला कपडाले घाँटी कसेर लडाएको र त्यसपछि पेट्रोल छर्केर हत्या गरेको बताएका छन् ।

हत्या गरेपछि पनि त्यही घरमा बिहान ४ बजेसम्म बसेर आफ्नो घर गएको उनले प्रहरीसमक्ष बताएका छन् ।  

अभियुक्त कर्णबहादुर बस्नेत र मृतक रेवतीको सामाजिक सञ्जाल फेसबूकमा विगत ७ वर्षदेखि कुराकानी हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूबीच प्रेम सम्बन्ध नै रहेको खुलेको छ । डीएसपी नवीन कार्कीका अनुसार उनी २ वर्षअगाडि रेवतीको घरमा बसेर फर्किएको समेत खुलेको छ ।

प्रेम गहिरिँदै जाँदा उनीहरूबीच सबै खालका सम्बन्ध भएको र फोटो/भिडियो समेत खिचेको पाइएको प्रहरीले जनाएको छ । रेवतीले अर्कैसँग विवाह गरेपछि इगोमा हत्या गरेको पाइएको डीएसपी कार्कीले बताए ।

‘केटीको विवाह भएपछि विवाद भएको देखिन्छ । त्यसकै कारण अभियुक्तले इगो साँधेको अनुसन्धानमा खुलेको छ,’ डीएसपी कार्कीले लोकान्तरसँग भने । 

विवाहपछि रेवतीका श्रीमान अश्लील फोटो तथा भिडियो देख्दा विवाद समेत भएको खुलेको छ । त्यस विषयमा तीन जनाबीच विवाद भएको पाइएको प्रहरीले जानकारी दियो ।

अभियुक्त बस्नेत वैदेशिक रोजगारीको सिलसिलमा सन् २०१८ देखि दुबईमा थिए ।

उनी विदेश गएपछि रेवतीले अर्कैसँग विवाह गरेकाले आफूलाई धोका दिएको भनेर बस्नेतले ज्यान मार्ने धम्की समेत दिने गरेको पाइएको छ ।

‘रेवतीले अर्कैसँग विवाह गरेपछि धोका दिएको भन्दै विभिन्न समयमा विवाद भएको देखिन्छ,’ डीएसपी कार्कीले भने ।

उनका अनुसार बस्नेत पनि विवाहित हुन् । रेवतीभन्दा पहिले नै बिहे गरेका उनका छोरा र छोरी छन् ।

बस्नेत ३ वर्ष मलेसिया, २ वर्ष भारत र पछिल्लो समयमा ५ वर्ष दुबईमा बसेका थिए ।

पक्राउ परेका बस्नेतले आफूले हत्या गरेको स्वीकारेका छन् । उनले योजनाबद्धरूपमा हत्या गरेकाले पछुतो नभएको बताएको प्रहरीले जनाएको छ ।

‘मलाई पछुतो छैन सर,’ बस्नेतको भनाइ उद्धृत गर्दै अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरलाई बताए । 

अहिले जिल्ला अदालत सल्यानबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x