वीरगन्ज, ६ असोज– तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार मतदान भएको दुई नम्बर प्रदेशका एकमात्रै महानगरपालिका वीरगन्जमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)बीच कडा प्रतिस्पर्धा भएको देखिन्छ ।
जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वीरगन्जको मेयरमा दुई पार्टीका उम्मेदवारबीच ४० मतको मात्रै अन्तर देखिन्छ । मंगलबार दिउँसोदेखि शुरु भएको मतगणनाअन्तर्गत शुक्रवार विहानसम्म १९२०० मत गणना भएका छन् ।
जसमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार अजय द्विवेदीले ३९६० मत प्राप्त गरेका छन् भने राजपाका उम्मेदवार राजेशमान सिंहले ३९२० मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले ३५५० मत प्राप्त गरेका छन् ।