
भायानेटले १२५ एमबीपीएसको इन्टरनेट वार्षिक ८ हजार ४ सय रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको छ।
नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि(गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैं र तिहारको अवसरमा उक्त्र अफर सार्वजनिक गरेको हो ।
यसका साथै भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ।
भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको ८ हजार ४०० रुपैयाँमा १२५ एमबीपीएस इन्टरनेटको मज्जा लिन सक्नेछन् ।
जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्यको प्याकेज रहेको कम्पनीले जनाएको छ ।
यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।
यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ।
वार्षिक इन्टरनेट योजनाहरू छनोट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशतसम्म छुटका लागि योग्य हुनेछन्।
त्यसैले यस अभियानको नाम 'चाडमा चौका' राखिएको कम्पनीले जनाएको छ ।
छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टीभी, रेफ्रिजरेटर र वासिंग मेसिन रहनेछन्।
चाडपर्वको अवधिमा यी वस्तुहरू नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दशैंको समयमा यी वस्तुहरू घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ।