२१ असार २०८३, आइतबार

भीटू क्लबमा गायक सविन राईको लाइभ प्रस्तुति

असोज १९, २०८०
काठमाडौं
भीटू क्लबमा गायक सविन राईको लाइभ प्रस्तुति

दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको भीटू क्लबमा चर्चित गायक सविन राईले शुक्रवार (आज) आफ्नो लाइभ प्रस्तुति दिने भएका छन् ।

‘शुक्रवार ७ बजे क्लबको डोर ओपन हुनेछ । त्यसपछि डाइनामिक्स ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन्’, भीटूको व्यवस्थापक मनोज श्रेष्ठले भने, ‘गायक सविन राई रातिको ११ बजे स्टेज चढ्नुहुनेछ र त्यसपछि निरन्तर उहाँको प्रस्तुति रहनेछ ।’​

दरबारमार्गमा हालसालै खुलेको यो क्लब निकै आकर्षक छ । क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउण्डको संयोजन गरिएको छ । क्लबको इन्टेरियर निकै मनमोहक छ । सिटिङ अरेजमेन्ट पनि उत्कृष्ट रहेको छ । 

प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधा भएको यो क्लबले हरेक दिन फरक-फरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयाम थप्ने योजना बनाएको यसका सञ्चालक कृष्णकुमार बुढाथोकी बताउँछन् । 

स्वादिष्ठ परिकार, ब्राण्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेहरूको प्रस्तुति रहने भीटू क्लब जान रुचाउनेहरूका लागि उत्कृष्ट गन्तव्य हुने सञ्चालक बुढाथोकीको दाबी छ । 

काठमाडौंको क्लब दुनियाँमा नयाँ ‘ट्रेन्ड सेटर’ का रूपमा स्थापित हुने लक्ष्यका साथ खुलेको भीटू क्लब अन्तर्राष्ट्रिय स्तरको रहेको व्यवस्थापक श्रेष्ठ बताउँछन् ।

गायक सविन राई थोरै गीत गाएर धेरैको मनमा बस्ने गायक मध्येमा पर्छन् । सन् २००१ मा उनले निकालेको एल्बमलाई श्रोताले त्यति नोटिस गरेनन् । गायक राईले सन् २००३ मा  ‘सतह’ नाम एल्बम निकाले जसमा समेटिएका गीतले सविन राईलाई श्रोतामाझ अत्यधिक चर्चित बनायो । उनी संगीत प्रेमीमाझ लोकप्रिय गायकका रूपामा स्थापित भए । ‘सतह’ एल्बमले राईलाई जुन सफलता दिलायो त्यसैका कारण आजसम्म पनि सविन राईलाई संगीत प्रेमीमाझ सर्वप्रिय छन्।

राईले गाएका ‘कोमल त्यो तिम्रो बदन’ ‘गुराँशको फेद मुनि’ ‘किनकि म’  ‘नमूना’ ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता गीत स्रोतहरूले आज पनि उत्तिकै रुचाइरहेका छन् । जब राई स्टेजमा उक्लिएर यी गीतहरू बेजोड रूपमा गाउन थाल्छन् त्यसपछि त्यहाँको साङ्गीतिक वातावरण नै बेग्लै हुन्छ । 

स्रोता एवं दर्शकहरू उनको गीतमा भरपुर इन्ज्वयो गर्छन् । उनलाई सुन्न चाहने स्रोताको कुनै कमी छैन । स्रोताको यही चासोलाई मध्येनजर गर्दै दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको भीटू क्लबले शुक्रवार असोज १९ गते सविन र फराहो ब्यान्डलाई प्रत्यक्ष संगीतका लागि प्रस्तुत गर्ने भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्