×

लहान बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै

सिरहा | असोज २२, २०८०

सिरहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरेको छ । यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो । 

Laxmi Bank

पैदलयात्रुको आवागमनमा अवरोध हुने गरी व्यापारीले सडक पेटी तथा फुटपाथ प्रयोग गरिएपछि नगरपालिकाले ट्राफिक प्रहरीको समेत समन्वयमा फुटपाथ ‘क्लियर’ बनाउने अभियान थालनी  गरेको हो । ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान÷बोर्ड÷मोटरसाइकल राख्ने गर्नाले सवारी तथा सर्वसाधारणको आवागमनमा कठिनाइ हुने गरेको थियो । 


Advertisment

नगरपालिकाका उपप्रमुख रामचलितर महतोले बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको लागि सडक पेटीको अतिक्रमण हटाउन सुरु गरेको जानकारी दिए । “सडक पेटीलाई अतिक्रमण गरी व्यापारीले पसल सञ्चालन गर्नुका साथै भौतिक संरचनासमेत निर्माण गर्दा बजार क्षेत्रको सुन्दरतामा ह्रास आयो”, उनले भने, “बजार क्षेत्रको सडकमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठेरो हुने गरेको गुनासो आएपछि अतिक्रमण गरिएको सडक पेटीलाई खाली गराउन सुरु गरिएको हो ।” 


Advertisment

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख डम्बरबहादुर पुरीले सडक तथा सडक पेटीमा व्यापारीको अनाधिकृत संरचना हटाएपछि सवारी आवतजावतमा थप सहजता र सुरक्षित हुने जानकारी दिए । 

जेठ ७, २०८१

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् ।  एमाले दाङको १४औं अधिवेशनबाट आचार्यसहित सिंगो जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

असार २७, २०८१

चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।   अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम ...

जेठ १६, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा ल...

जेठ २२, २०८१

अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो । नेप...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x