१६ असार २०८३, मंगलबार

हुलाक टिकट अब नेपालमै छापिने

असोज २२, २०८०
काठमाडौं
हुलाक टिकट अब नेपालमै छापिने

हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित  जनक  शिक्षा  सामग्री  केन्द्रबिच  सहमति भएको छ ।
विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको  बताउँदै  भने  “सुरक्षासाथ  नेपालमै  छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो । मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन् । निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन । सरकारी निकाय पनि भएकाले  जनक  शिक्षालाई  यसको  जिम्मेवारी  दिने  सहमति ग¥यौँ । स्वदेशी संस्थालाई प्रवर्धन गर्नु पर्छ । यतिका लागि विदेश जानुपर्ने आवश्यकता छैन ।’ गोरखापत्रमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्