×

NMB BANK
NIC ASIA

नेपालका लागि इजरायली राजदूतसँग कुराकानी

इजरायलमा रहेका नेपाली हाम्रो परिवारका हिस्सा हुन्, रक्षा गर्छौं– राजदूत गोडर [भिडियो कुराकानी]

काठमाडाैं | असोज २२, २०८०

NTC
Premier Steels

नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमास समूहको आक्रमणबाट नेपालीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

Muktinath Bank

इजरायल आफैंले कठिन परिस्थितिको सामना गरिरहे पनि नेपालीको रक्षा गर्नु आफूहरूको मुख्य जिम्मेवारी रहेको उनले उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार लोकान्तरसँग कुराकानी गरेका राजदूत गोडरले गाजानजिकैको क्षेत्रमा रहेका नेपाली विद्यार्थी आतंकवादीको निसानामा परेको उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

‘त्रिभुवन विश्वविद्यालय र एएफयू (एग्रिकल्चर एन्ड फोरेस्ट युनिर्भर्सिटी चितवन) का विद्यार्थीहरू सुरक्षित ठाउँमा छन्, दुर्गम ठाउँमा छन्, त्यसैले प्रभावित भएनन्,’ उनले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू गाजानजिकै स्टोटनेगेफ नामक जिल्लामा रहेका कारण प्रभावित भएका हुन् ।’ 

Vianet communication

राजदूत गोडरले १० नेपालीको मृत्यु हुनुको कारण हमासले फ्याँकेको ग्रिनेड भएको उल्लेख गरेका छन् ।

‘नेपाली विद्यार्थीहरू अल–उ–मिम भन्ने गाउँमा थिए । त्यस गाउँलाई हमास आतंककारीहरूले कब्जा गरे,’ गोडरले भने, ‘त्यहाँ नेपाली विद्यार्थीहरूले लुक्न खोजे, तर आतंककारीले उनीहरूलाई भेट्टाए अनि त्यहाँ ग्रिनेड फ्याँके ।’

इजरायलमा रहेका बाँकी नेपालीको रक्षा आफूहरूको जिम्मेवारी भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘उनीहरू हाम्रो परिवारका हिस्सा हुन्, हामी रक्षा गर्छौं ।’  

राजदूत गोडरले हमासका करीब १ हजार आतंकवादी विभिन्न शैलीबाट इजरायली भूमिमा छिरेर आक्रमण गरेका कारण धेरै मानवीय क्षति भएको समेत उल्लेख गरेका छन् ।

‘केही आतंककारीहरूले भूमध्यसागर प्रयोग गरेर तटबाट आक्रमण गरे । केही प्याराग्लाइडिङ प्रयोग गरेर झरे । केही गाउँमा पसे, शहरमा पसे अनि मानिसहरूलाई जम्मा गरेर हत्या गर्न थाले । तिनीहरूले इजरायलको दक्षिणी भागका विभिन्न स्थानमा घरहरूमा पसेर महिला, बालबालिका र अन्य नागरिकको हत्या गरे,’ उनले भने, ‘यो जमिनी आक्रमण मात्र थिएन, यसमा तीन हजार रकेटहरू पनि समावेश थिए, जसले गाजानजिक मात्र नभएर तेलअभिव, जेरुसेलम र देशभरका विभिन्न ठाउँलाई निसाना बनाइएको थियो ।’

हमासले युद्ध अपराध गरेको भन्दै उनले आफ्ना नागरिकको रक्षा कसरी गर्ने र कसरी जवाफ दिने भन्ने कुरा इजरायलले राम्रोसँग बुझेको पनि बताए । 

हेर्नुहोस्, भिडियो कुराकानीको सम्पादित अंशः

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x