युद्धग्रस्त देश इजरायलबाट २५३ जना नेपाली विद्यार्थी शुक्रवार बिहान ३ बजे स्वदेश फर्किएका छन् ।
उनीहरू नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नेपाल फर्किएका हुन् ।
उनीहरूलाई लिनका लागि बिहीवार परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्डर विमानमा इजरायल गएका थिए ।
बाँचेर स्वदेश फर्किएपछि पनि नेपाली विद्यार्थीले जीवनभर भुल्न नसक्ने पीडा बोकेर आएको बताएका छन् ।
जहाँ आफ्नै २ जना साथी ढलेको प्रत्यक्ष देखेका प्रमोद केसी पनि थिए । उनकै अगाडि ५ जना घाइते भएको पीडा पनि उनले लोकान्तरसँग पाखे ।
आक्रमणबाट घाइते भएका धनबहादुर चौधरी पनि ह्विलचियरमा बसेर स्वदेश फर्किएका छन् ।
गत शनिवार हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो भने १ जना बेपत्ता भएका छन् । यस्तै केही नेपाली घाइते भएका छन् ।