२७ असार २०८३, शनिबार

दशैंमा लुइस फिलिपको न्यु अराइभल फेन्सी प्रडक्ट, 'क्वालिटीमा नाे कम्परमाइज' [भिडियो]​​

असोज २९, २०८०
काठमाडौं
दशैंमा लुइस फिलिपको न्यु अराइभल फेन्सी प्रडक्ट, 'क्वालिटीमा नाे कम्परमाइज' [भिडियो]​​

इन्डियन प्रिमियम ब्राण्ड लुइस फिलिपले दशैंमा न्यु अराइभल फेन्सी प्रडक्ट नेपालमा भित्र्याएको छ ।​

ललितपुरस्थित लबिम मलको भुइँ तल्लामा रहेको लुइस फिलिपमा सुट, ब्लेजर, सर्ट पाइन्ट, टिसर्ट, जिन्स, स्वेट सर्ट, ज्याकेटलगायतका सामग्री रहेका छन् ।

स्टोरका म्यानेजर सुसन महर्जनका अनुसार लुइस फिलिप स्पोर्टस, लुइस फिलिप राइडरमा क्याजुअल कपडा मात्र पाइन्छ भने लुइस फिलिप मेन लाइनमा फर्मल सुट, ब्लेजर पाइन्छ। शोरुम ललितपुरको लबिम मल पसल नम्बर ००८ मा सञ्चालनमा छ ।

null

१९८९ मा सञ्चालनमा आएको यस ब्राण्डले पुरुषहरुको लागि आवश्यक पर्ने पोसाक, जुत्ता, बेल्ट लगायतका अन्य सामग्रीहरू उत्पादन गर्दै आइरहेको छ । यो ब्राण्ड भारतलगायत अन्य मुलुकहरूमा अधिक रुचाइएको ब्राण्ड हो । नेपालमा भने यो ब्राण्ड आरपी ग्रुपले सन् २०१८ मा भित्र्याएको थियो ।

लुइस फिलिपका अधिकांश कपडाहरु औपचारिक भएको म्यानेजर महर्जनले बताए । औपचारिक कार्यक्रमहरूका लागि यस ब्राण्डका कपडा निकै लोकप्रिय रहेको उनले लोकान्तरसँगको कुराकानीमा भने ।

null

‘यस ब्राण्डका कपडा अधिकांश पियोर सुतीका छन् । जसका कारण निकै हल्का र घाममा नपोल्ने खालका छन् । त्यही भएर यस ब्राण्डका कपडा पछिल्लो समय युवादेखि व्यापारीसम्मको रोजाइ बन्ने गरेको छ’ महर्जनले भने। पटक–पटक धुँदा पनि रंग नजाने यसको मुख्य विशेषता रहेको महर्जनले बताए।

आफ्ना ग्राहकहरूका लागि लुइस फिलिपले मेम्बरसीप अभियान चलाउँदै आएको छ। जसमा ३० हजारभन्दा बढी सामान किनेमा १० प्रतिशत छुट दिने व्यवस्था छ।

null

‘एक पटक स्टोरबाट सामान किनेकाहरू फेरि हाम्रै सामान किन्न आउने गरेका छन्’, महर्जनले भने, ‘यो हाम्रो ग्राहकलाई दिने सर्भिसको विशेषता हो।’

 

salt training

कमेन्ट गर्नुहोस्