१६ असार २०८३, मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ८ पसलमाथि एक्सन

कात्तिक १, २०८०
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ८ पसलमाथि एक्सन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड  कफी,  लस्सी,  जुुसलगायतका  उपभोग्य  वस्तुु  बिव्रmी गर्ने पसलहरू कारबाहीमा परेका छन् ।

 वाणिज्य, आपूर्ति  तथा  उपभोक्ता  संरक्षण  विभाग  नेतृत्वको  केन्द्रीय संयुक्त बजार अनुुगमन टोलीले मङ्गलबार विमानस्थलका आठ वटा पसल र होटल तथा रेस्टुुरेन्ट अनुुगमन गर्दा बाहिरभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको हो । विमानस्थलमा  रहेका  ती  पसलले  विदेश  जाने  र देश भित्रिने यात्रुले चिया वा कफी, जुस वा कुुनै वस्तुु किन्नु प¥यो भने बाहिरभन्दा चार गुुणासम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका थिए ।

कुनै पनि वस्तु र सेवाको अनुचित मूल्य लिनु कानुुनी रूपमा अपराध हो । विमानस्थलका पसलले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । दसैँमा विदेशबाट आउने यात्रुु झनै ती पसलबाट ठगिने गरेका छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्