२८ जेठ २०८३, बिहीबार
दशैँमा पनि छैन व्यापार

‘न्युरोड–असन’को दशैँ बजारः बाहिर चहलपहल, पसलमा छैन व्यापार [भिडियो रिपोर्ट]

कात्तिक १, २०८०
काठमाडौं
‘न्युरोड–असन’को दशैँ बजारः बाहिर चहलपहल, पसलमा छैन व्यापार [भिडियो रिपोर्ट]

नेपालीको प्रमुख चाड बडादशैँ शुरू भइसक्दा काठमाडौंको न्युरोड र असन आसपासका क्षेत्रमा निकै चहलपहल देखिन्छ । बाहिर सडकमा सर्वसाधारणको बाक्लो भीड देखिए पनि भित्र पसलमा भने खासै देखिँदैन । पसलमा खरिद गर्ने सर्वसाधारणको उपस्थिति प्रायः न्यून देखिन्छ ।

null 

धरहराको पछाडिपट्टी न्युरोड छिर्ने गल्लीमा पञ्चायतकालदेखि फेन्सी पसल चलाएर बसेका शंकर महर्जनले ४० वर्ष यता यस्तो मन्दी पहिले कहिल्यै नदेखेको बताए । ‘अहिले त १०० जना मानिस पसलमा छिर्दा जम्मा पाँच जनाले मात्र कपडा किन्ने गरेका छन्,’ उनले भने ।  

उनका अनुसार व्यापार नहुनुमा मुख्य दोष सहकारीको रहेको छ । ‘मैले घर भाडा तिर्न भनेर सहकारीमा जम्मा गरेको रकम नै दिएन । सहकारीको यस्तै बदमासीले अहिले यस्तो स्थिति आएको हो,’ उनले भने ।

धेरैको रकम सहकारीले खाइदिएकोले सर्वसाधारणसँग यसपाली पैसा नभएको उनले आरोप लगाए । ‘अनि दशँैमा हाम्रो व्यापार कसरी राम्रो हुन्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने ।

null 

पैसा खाँदा पनि सरकारले सहकारीलाई कडा कारबाही नगरेकोप्रति महर्जनले आक्रोश पाखे । ’सरकार कर लिन मात्र अग्रसर हुन्छ तर यिनीहरूलाई कारबाही गर्दैन,’ उनले आक्रोशित हुँदै भने । 

न्युरोड क्षेत्रमै कपडा पसल गर्दै आएका भुषण गुप्ताको दुःखेसो पनि उस्तै छ । ‘हाम्रो त ७५ प्रतिशत व्यापार डाउन छ,’ उनले भने, ‘देखिन त मान्छेको भीड देखिन्छ । पसल पनि भरिभराउ हुन्छ । तर मान्छेसँग पर्याप्त पैसा नभएकाले किन्न डराउँछन् । ५ जना मान्छे आउनुहुन्छ, एउटा कुर्ती किनेर जानुहुन्छ ।’

null

सहकारीकै कारण यस्तो अवस्था आएको गुप्ताले पनि आरोप लगाए । 

त्यस्तै बानेश्वरकी सञ्जु थापामगरको कुरा पनि गुप्तासँग मिल्दाजुल्दो थियो । आर्थिक मन्दीलाई मध्यनजर गर्दै यो वर्ष खाली बच्चाहरूका लागि कपडा किन्न आएको बताइन् ।

null

श्रीमान् म्यानपावर कम्पनीमा काम गर्ने भए पनि कोरोनाकालदेखि नै उनको कमाइ राम्रो नभएको उनको भनाइ छ । दशैँको समयमा पनि कम्पनीले आर्थिक मन्दी छ भनेर बोनस तथा थप सेवा सुविधा केही नदिएको उनले गुनासो गरिन् ।

‘यसपालि दशैँ मनाउन धेरै गाह्रो छ । ऋण–धन गरेरै भए पनि बच्चाहरूका लागि दशैँ त मनाउनै पर्यो,’ उनले भनिन् । 

सञ्जु किन्न आएका पसलका साहु मबिन गुरुङले भने पहिलेको दशैँमा एकै व्यक्तिले धेरै कपडा किन्ने गरेकोमा यसपालि छिट–फुट खुद्रा व्यापार मात्र भइरहेको बताए । ‘इन्द्रचोक, न्युरोडजस्तो व्यस्त क्षेत्रमा पनि यो पटक चहल–पहल नै छैन,’ उनले भने ।

nullnullnullnullnullnull
हेरौं भिडियो रिपोर्टः 

salt training

कमेन्ट गर्नुहोस्