![खोकनाको सिकारी जात्रामा देउता चढेपछि [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/Khokana_Sikari_Jatra7_FKSCXODJlm.png)
ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ।
जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुसार घरको जेठो छोराले ४ दिनदेखि व्रत बसेर जात्रामा राँगाको बली दिने प्रचलन छ । त्यसपछि सिकाली मन्दिर रहेको सिकाली चौरमा पूजाआजा गरेर यो जात्रा मनाइने परम्परा रहेको उनले बताए ।

खोकनास्थित सिकाली चौरमा शुक्रवार मनाइएको यस जात्रामा चौरमा अवस्थित मन्दिरको परिक्रमा गर्ने क्रममा देउतासमेत चढेको देखिएको थियो ।
दशैंको अवधिभर मनाइने यस जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर भोज खुवाउने तथा नाचगान गर्दै रमाइलो गर्ने प्रचलन छ।
यस क्षेत्रका स्थानीयले हरेक वर्ष दशैंको साटो सिकाली जात्रा मनाउँदै आएका छन् ।





