२३ असार २०८३, मंगलबार

कांग्रेसले २३ नगरपालिका जित्दा दोस्रो रहेको समाजवादी फोरमले ८ जित्यो, कसले कति जिते ?

कात्तिक २०, २०७४
कांग्रेसले २३ नगरपालिका जित्दा दोस्रो रहेको समाजवादी फोरमले ८ जित्यो, कसले कति जिते ?
काठमाडौं, ८ असोज– तेस्रो चरण अन्तर्गत असोज दुईमा सम्पन्न स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ ।

दुई नम्ब प्रदेशका ८ जिल्लाका १३६ स्थानीय तह निर्वाचनबाट ७७ मेयर र गाउपालिकाकालागि ५९ अध्यक्ष छानिनेछन् । पछिल्लो मत परिणाम अनुसार १२ स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।

नेपाली कांग्रेसले पछिल्लो परिणाममा अग्रता बनाएको छ । नेपाली कांग्रेसले प्रदेश नम्बर दुईका ७७ नगरपालिका मध्ये २३ नगरपालिकामा जीत दर्ता गरेको छ । भने उपमेयरमा १६ स्थान जितेको छ ।

कांग्रेसले ५८ गाउँपालिका मध्ये १३ प्रमुख र १३ उपप्रमुममा जीत निकालेको छ ।

दोस्रो स्थानमा रहेको समाजवादी फोरमले ८ नगरपालिका र १५ गाउँपालिकामा जीत निकालेको छ ।

तेस्रो स्थानमा रहेको राजपाले ११ नगरपालिका र ११ गाउँपालिकामा जीत निकालेको छ ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले १२ नगरपालिकामा जित्दा ८ गाउँपालिकामा जितेको छ । उसले १६ नगरपालिकामा उपमेयर जितेको छ ।

पाँचौ स्थानमा रहेको नेकपा एमालेले १० जना मेयर जित्दा ६ गाउँपालिका अध्यक्ष जितेको छ ।
लोकतान्त्रिक फोरमले एक नगरपालिका र दुई गाउँपालिकामा जितेको छ त्यस्तै अन्य दलले १ मेयर र दुई अध्यक्षमा जित निकालेका छन् ।

जसमा नेपाली जनता दलले दुई स्थानीय तह र नयाँ शक्तिले एक स्थानीय तहमा जीत निकालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्