२१ असार २०८३, आइतबार

त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त

कात्तिक १९, २०८०
काठमाडौं
त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । 

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएपछि भुसाललाई नियुक्त गरिएको हो ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्