जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो ।
आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्यामा घर भत्किएका छन् ।
२०७२ सालमा गएको प्रलयकारी भूकम्पको पीडा बिर्सिन नपाउँदै मुलुकले अर्को प्रकोप व्यहोर्नुपरेको छ । यो प्रकोपबाट कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् ।
सुर्खेत, दैलेख र जुम्लामा पनि घर भत्किएका छन् । भूकम्पका कारण हजारौं मानिस घरबारविहीन बनेका छन् । सरकारी कार्यालय, स्कूल समेत चर्किएका छन् ।
भूकम्पपछिको उद्धारमा सरकारको प्रयास प्रशंसनीय छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं तत्कालै भूकम्प प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यमा लागेकाको मनोबल बढाउने काम गरे ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातभर घाइतेको उद्धार गरेर प्रशंसनीय काम गरेका छन् । अबको ध्यान तत्कालीन राहत र अस्थायी बसोवासको सुनिश्चतता गर्नेतर्फ हुनुपर्छ ।
चिसो मौसम शुरू भएको अवस्थामा घाइते, बालबालिका र वृद्धवृद्धालाई जोगाउन त्रिपाल, जस्तापाता लगायतको व्यवस्था सरकारले तत्काल गर्नुपर्छ । सरकारको मुख्य ध्यान भने भत्किएका घर पुनर्निर्माणमा केन्द्रित हुनु जरुरी छ ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट भत्किएका घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आगामी बर्खाअगावै घर निर्माण सम्पन्न गर्नेगरी सरकारले योजना अगाडि बढाउन जरुरी छ । विघटन भइसकेको पुनः निर्माण प्राधिकरणले गरेको मोडलमा काम गर्न सके आगामी जेठ असारअगावै भत्किएका घर पुनर्निर्माण गर्न सम्भव हुनेछ ।
प्राधिकरणले बनाएको मापदण्डलाई आधार बनाएर बन्ने घरका लागि स्थानीय सरकारमार्फत पीडितलाई सहज भुक्तानी दिने व्यवस्था गर्न जरुरी छ ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...