०७ असार २०८३, आइतबार

हिमालयन रिइन्स्योरेन्सले गर्‍यो भूकम्पपीडितलाई ३५ लाख बराबरको सहयोग

कात्तिक २४, २०८०
काठमाडौं
हिमालयन रिइन्स्योरेन्सले गर्‍यो भूकम्पपीडितलाई ३५ लाख बराबरको सहयोग

जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट पीडित तथा प्रभावित भएकालाई हिमालयन रिइन्स्योरेन्स लिमिटेडले राहत सहयोग गरेको छ ।  

हिमालयन रिइन्स्योरेन्सले ३५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेको हो ।

null

हिमालयनले शुक्रवार १ हजार ८७८ त्रिपाल र २ हजार कम्बलसहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । 

सो संख्याको त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको छ भने कम्बल पुग्ने क्रममा रहेको हिमालयनले जनाएको छ ।

‘भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको छ र पुनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्दछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

null

भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा हालसम्म १५३ जनाको ज्यान गएको छ । 

यस्तै ती दुईसँगै आसपासमा जिल्लामा पनि सयौं घाइते भएका छन् । साथै थुप्रै घर, विद्यालय र सार्वजनिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्