२२ असार २०८३, सोमबार

नयाँ फिल्मको तयारीमा दीपकराज गिरी, आगामी दशैँमा रिलिज हुने

कात्तिक २८, २०८०
काठमाडौं
नयाँ फिल्मको तयारीमा दीपकराज गिरी, आगामी दशैँमा रिलिज हुने

अभिनेता एवं निर्माता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा जुटेका छन् । 

उनले आफ्नो समूह फिल्म निर्माणको तयारीमा लागेको जानकारी दिएका हुन् । फेसबुक पोस्टमार्फत उनले आफ्नो चलचित्र विसं. २०८१ सालको दशैँमा प्रदर्शन हुने पनि बताएका छन् । मंगलवार बिहान केदार घिमिरे (माग्ने बुढा)सँगको तस्वीर सेयर गर्दै उनले फिल्मको तयारीमा लागेको कुरा जानकारी दिएका हुन् । 

फिल्मको नाम, कलाकार र निर्देशकबारे भने उनले खुलाएका छैनन् । यद्यपि, केदारसँगको तस्वीर सेयर गरेकाले केदार भने चलचित्रमा रहने बुझ्न सकिन्छ । 

सन्तोष सेनको फिल्म ‘बलिदान’को प्रदर्शन मिति पनि आगामी दशैँलाई घोषणा भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्