×

सन्दर्भ : टिकटकमाथि प्रतिबन्ध

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

काठमाडाैं | कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुनै काम धन्दा छैन ।' मानौं कि मुन्द्रेजीले दिनमा चार/पाँच घण्टा बाँझो खेतबारी खन्ने गर्छन् । त्यतिले मात्रै नपुगेर गाउँघरतिर मेलापात, घाँस दाउरा गर्न सघाउन पनि यिनी नै जान्छन् । 

भोजपुरतिरका एकजना अर्ग्यानिक राई बुढा छन्, बिहानको ३ बजेदेखि नै टिकटकमा नाच्न शुरू गर्छन् । मनमा केही पीडा भएर त यसो गरेका होलान् । उनी नाचेर थाकेपछि मात्रै भालेको डाँको शुरू हुन्छ । 


Advertisment

अर्का एकजना छन्, पाल्पातिरको भैंसीसँग कुरा गरेको भिडियो बनाउँछन् । यिनको पनि आफ्नै समस्या होला। मधेशतिरको एकजना भाइ छन्, आफ्नो खेती गर्ने कुलोमा माछा मार्नेलाई 'रामधुलाइ' गाली दिन्छन् । जनताको यस्तो अद्भुत सिर्जनालाई बेकामे भन्ने मुन्द्रेजीको अहिलेसम्मको कामचाहिँ के हो ? 


Advertisment

मुन्द्रे, बान्द्रे, झुन्द्रे वा कुनै सुन्द्रेभन्दा टिकटकका 'कन्टेन्ट क्रिएटरहरू' हजारौं गुणा राम्रा छन् । टिकटकका कारण मुन्द्रेजीको दोकान थुप्रैपटक बन्द भैसकेको थियो। त्यसेलै कसैको सिर्जनामाथि नजरअन्दाज नगरौं । 

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पनि टिकटक बन्द भएकोमा हंशमुखी चेहराको भिडियो पोस्ट गरे, किनकि यिनीहरूलाई पनि थाहा छ, हामीभन्दा धेरै क्षमतावान कलाकार टिकटकमा छन् ।

र, तिनीहरू पनि हामीजस्तै सेलिब्रिटी बनिसकेका छन्, किनकि हिजोआज सेलिब्रिटीहरूको जन्म कुनै चलचित्र हलमा हैन, टिकट काट्न नपर्ने टिकटकको फ्रेमभित्र हुन्छ । 

आफू कहिल्यै पुग्न नसकेका दुर्गम गाउँका भिडियो टिकटकमा हेर्न/देख्न पाइएको छ । सुन्दर मान्छेहरू, सुन्दर बस्तीहरू, सुन्दर प्रकृति देख्न पाइएको छ। नाति र हजुरआमाको टिकटकमा देखिएको अन्तरसंवादले हामी सबैलाई साँचो प्रेमको परिभाषा सिकाएको छ । सोलुका चौँरी गाईहरू, गोर्खाका भेडीगोठहरू सबै-सबै टिकटकमा नै देखिन्छन्। 

हरेक मान्छेहरूको दिमाग स्वतन्त्र हुन्छ । सभ्य समाज बनाउने भनेर स्वतन्त्रतालाई रोक्नका लागि बनाइएका नियम/कानून केबल मानव निर्मित हुन्छन्, जसको आफ्नै नियत असभ्य हुन पनि सक्छ । तर, हाम्रो स्वतन्त्र दिमागको सिर्जना मानव निर्मित हुन सक्दैन । स्वतन्त्र दिमागहरूबाट हिटलरहरू पनि जन्मिन सक्छन्, गान्धीहरू पनि जन्मिन सक्छन्।

स्वतन्त्र दिमागबाट युट्युब जन्मिन सक्छन्, एटम बम पनि जन्मिन सक्छन्। हरेक स्वतन्त्रताभित्र थुप्रै नकारात्मकताहरू छन् । तर, नकारात्मकता भित्रको स्वतन्त्रताले नै मानव जगतलाई नेतृत्व दिएको छ। जस्तो कि प्रधानमन्त्री प्रचण्डले कुनै जमानामा आतंककारीको पगरी गुथेका थिए। 

सभ्य समाज एउटा हो, मान्छेहरूको सभ्यताको विकास हुने चरण अर्को हो। मान्छेका सिर्जनालाई छाडा छोड्नुपर्छ । छाडातन्त्रको आफ्नै मानक हुन्छ । कुनै जमानामा जुल्फी पाल्ने केटाहरू छाडा थिए, त्यसपछि जिन्सको पाइन्ट लगाउनेहरू छाडा भए । आज टिकटक चलाउनेहरू छाडा भएका छन्।

स्वतन्त्रताको प्रतीक छाडा हैन, तर हरेक सिर्जनशील मान्छेहरू छाडा हुन्छन्। हाम्रो भूमिमा पनि सेक्सपियर, माइकल ज्याक्सन र बब मार्लीहरू जन्मिन सक्छन्। कुनै जमानामा मैले पनि 'रसरंग' किताब पढ्दा हातै सुन्निने गरी मास्टरको कुटाइ खाएको थिएँ। तर, मैले छाडा भएका कारण त्यो किताब पढेको थिइनँ । 

फेसबूक, ट्विटरतिर हेर्दा केही मिडियाकर्मीहरूले पनि टिकटकमाथि लगाइएको प्रतिबन्धलाई लिएर सभ्य समाजको दुहाइ दिन भ्याएका रहेछन्। आफूहरू लगातार २० वर्ष टेलिभिजनमा बोल्दा पनि माखो नमरेको तर एउटा दुर्गम भेगको सामान्य गरिब मान्छेले १० हजारको मोबाइलले बनाएको दुई मिनेटको भिडियो संसारभरि प्रख्यात भएकोमा यिनीहरू पहिल्यैदेखि रिसाएका थिए। एकथरी मानिसहरू आफू सफल हुन नसकेपछि अरू सफल भएकोमा रिसाउँछन् । टेलिभिजन स्क्रिनमा आउनुभन्दा अगाडि नै टिकटकको स्क्रिनमा आइपुग्ने भिडियोहरूले मिडियाको 'ब्रेकिङ न्युज'मा धक्का लागेकै थियो।

चोकमा दोकान फिँजाएर कपडा बेच्नेबाहेक अरू काम नजानेका केही मान्छेहरू पनि छन्, तिनले पनि टिकटक कन्टेन्ट क्रिएटरलाई देख्न रुचाउँदैनन् । 'So beautiful, So elegant, Just looking like a wow' भन्दै टिकटक भिडियो बनाएर बुटिक चलाउने सुन्दरीहरूलाई तिनीहरू कुरूप देख्छन् । बुढीले भिडियो बनाउँदा रिसाउने बुढाहरू पनि टिकटक बन्द भएकोमा खुशी छन्। तर, मलाई त सबैको भिडियो मन पर्छ ।

अंग्रेजीमा भन्छन् नि, 'Everybody is so creative' हो त्यस्तै लाग्छ । जो मन पर्दैनन् तिनीहरू ब्लक लिस्टमा छन्। पूर्वतिरकी एक जना सेकुवावाली नानी बहुत मन परेको छ। कहिले भेटौं, देखौं र तिनको दोकानमा छिरेर एक थाल मासु खाइदिऊँजस्तो लागेको छ । 

एउटा चलचित्र बनाउनका लागि २ करोड लाग्छ । एउटा एचडी टेलिभिजन खोल्नका लागि ३ करोड लाग्छ । एउटा म्युजिक भिडियो बनाउनका लागि १० लाख लाग्छ, तर एउटा टिकटक भिडियो बनाउन ५ मिनेटबाहेक अरू केही पनि लाग्दैन। यो ५ मिनेटभित्रमा एउटा कुना कन्दराको सामान्य मान्छेले संसारको ध्यान खिच्न सक्छ।

सोलुखुम्बुतिरकी एक जना शेर्पा बहिनी छिन्, क्याट्रिना कैफभन्दा पनि राम्री । डान्स त के कुरा गरौं, आम्मामा ऽऽऽ । तिनलाई हेर्दा टिकटक हैन, हलिउड हेरेजस्तो लाग्छ, 'अरे वाह ! क्या सीन छ' भन्न मन लाग्छ । 

रोग निको पार्ने औषधिको पनि साइड इफेक्ट हुन्छ । तर, साइड इफेक्ट हुँदैमा औषधि नै नखाने भन्ने हुँदैन। आगोले खाना पकाउँछ, घर पनि जलाउँछ । कति बेला के गर्ने भन्ने कुरा प्रयोगकर्ताहरूमा भर पर्छ । टिकटकका पनि थुप्रै साइड इफेक्टहरू छन् । तर, साइड इफेक्टभन्दा धेरै सकारात्मक सिर्जनाहरू छन्।

हामीले कुहिएको केरा झिकेर फाल्ने हो, केराको बोट फेदैदेखि रेट्नु हुँदैन । नियन्त्रण गर्न नसके तीव्र गतिको गाडी दुर्घटना हुन्छ, तर दुर्घटना भयो भन्दैमा सडक कहिल्यै बन्द हुँदैन । इन्टरनेटमा हुने अश्लीलता रोक्ने काम अर्बौंको बजेट खर्च गरेर स्थापना गरिएको साइबर ब्यूरोको हो । नेपालको साइबर ब्यूरोले टिकटकरलाई कारबाही गर्न सक्दैन भने भोलि 'प्रोक्सी वार' कसरी लड्न सक्छ ? 

टिकटकमा अश्लील हर्कत गर्नेहरूलाई जेलमा सडाउन टिकटकका सीईओ 'शाउ जी च्यू'लाई सोध्नै पर्दैन । जहाँसम्म टिकटकले नेपाल सरकारको आग्रह नमानेको विषय छ, त्यो त टिकटकले कुनै पनि देशको सरकारको आग्रहमा उसको प्रयोगकर्ताहरूको भिडियो डिलिट गर्न मान्दैन । जुन गर्नुपर्ने छ, त्यो गर्न टिकटकले कसैलाई सोध्दैन ।

गिनिभा नाम गरेकी एक प्रयोगकर्ताको टिकटक भिडियोहरू केही समय अगाडि टिकटक आफैंले बल्क गरिदिएको थियो । तिनले अस्पतालमा गएर नर्सहरूसँग लफडा गरेको भिडियो देखाएकी थिइन् । यस्ता कन्ट्रोभर्सी देखाउने हजारौं नेपाली टिकटक प्रयोगकर्ताहरूको टिकटक ब्लक भैसकेको छ । लाइभमा तथानाम बोल्नेहरूको आईडी ब्लक गर्दिन्छ । 

केही महिनाअगाडि अमेरिकी संसद्मा रिपब्लिक र डेमोक्रेट दुवै दलका सांसदहरूले टिकटकमा सीईओ शाउ जी च्यूलाई चार घण्टासम्म र्‍याखर्‍याख्ती पारेका थिए। तिनीहरूले टिकटक चिनियाँ कम्युनिस्ट पार्टीको जासुसी गर्ने यन्त्र भएको र आफ्नो देशलाई ठीक नलागेको भिडियो हटाउनुपर्ने माग राखेका थिए। तर निकै निडर र प्रस्ट वक्ता टिकटकका सीईओले त्यो कुरा मानेनन् । शाउ जी च्यूले जवाफ फर्काएका थिए, 'हामी विश्वव्यापी अन्तरसञ्चालनमा निर्भर छौं, डाटामा चिनियाँ इञ्जिनियरहरूको पहुँच छ । हामीले हाम्रा प्रयोगकर्ताको डाटा सुरक्षामा कसैसँग सम्झौता गर्दैनौं, बरु हाम्रो डाटा सुरक्षाभन्दा अमेरिकी सरकारको डाटा सुरक्षा कमजोर छ ।'

'हामी कुनै राज्यको दबाबमा हाम्रा प्रयोगकर्ताहरूको भिडियो डिलिट गर्दैनौं, तर यदि कुनै देशमा हाम्रो एप्समा राखिएका भिडियोका आशय प्रतिबन्धित छन् भने त्यो देशको साइबर सेक्यूरिटीले जान्ने कुरा हो,' शाउ जी च्यूले भनेका थिए । युक्रेन-रसिया तथा इजरायल-प्यालेस्टाइन युद्धमा पनि ती देशहरूमा टिकटक प्रतिबन्ध गर्ने प्रयास नगरिएको हैन, तर टिकटकले मानेन । बरु टिकटकले भन्यो, 'जनताले यो युद्धलाई कसरी बुझेका छन् त्यो भन्न पाउनुपर्छ । जनताको अभिव्यक्ति स्वतन्त्रताप्रति हामी सचेत छौं । हामी कसैको प्रभावमा टिकटक बन्द गर्दैनौं ।' हुन पनि बीबीसी, सीएनएन, अल्जजिराजस्ता मिडियाले लुकाएको 'जेनोसाइड'को भिडियो टिकटकले देखाइरहेको छ।

बाँदरको हातमा नरिवल भन्ने उखान केही नेपालीहरूको प्रवृतिसँग मिल्छ । र, त्यस्ता मान्छेहरू टिकटकमा मात्रै हैन, युट्युब, फेसबूक, ट्विटर, इन्स्टाग्राम जताजतै छन्। तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । थोरै मानिसले टिकटकलाई फोहोर गरे पनि धेरै मानिसहरूले टिकटकलाई सफा गरिरहेका छन्। 

आफू कहिल्यै पुग्न नसकेका दुर्गम गाउँका भिडियो टिकटकमा हेर्न/देख्न पाइएको छ । सुन्दर मान्छेहरू, सुन्दर बस्तीहरू, सुन्दर प्रकृति देख्न पाइएको छ। नाति र हजुरआमाको टिकटकमा देखिएको अन्तरसंवादले हामी सबैलाई साँचो प्रेमको परिभाषा सिकाएको छ । सोलुका चौँरी गाईहरू, गोर्खाका भेडीगोठहरू सबै-सबै टिकटकमा नै देखिन्छन्। 

केही नेपालीहरूको आक्रोश टिकटकमा ट्याप-ट्याप र गिफ्ट माग्ने कुरामा देखिन्छ। अमेरिकाको मान्छेले पनि टिकटकमा लाइभ बसेर पैसा कमाइरहेको छ। यो कुनै भिख मागेको हैन। अबको विश्व क्यासलेस बन्दैछ। ढुकुटी खेलेर पैसा कमाउने जमाना गए। मल्टीनेसनल कम्पनीहरूले अब डिजिटल करेन्सीमा भुक्तानी गर्दैछन्। त्यसका लागि अब हामी सबैले ट्याप ट्याप नगरी सुखै छैन। २१औं शताब्दीको भर्चुअल बजारमा कन्टेन्ट क्रिएट गरेर पैसा कमाइन्छ। यो कुरा बुझ्न जिन्सको पाइन्ट लगायो भने केटी बिग्रिन्छन् भन्ने थट अफ प्रोसेसबाट बाहिर निस्किनुपर्छ ।

विदेशमा टिकटक प्रतिबन्ध छैन। चीनमा टिकटकको नै प्रतिलिपि अधिकारसहितको चिनियाँ भाषाको Douyin एप्स सञ्चालित छ । तर, चीनमा कन्टेन्टहरूमाथि नियन्त्रण गरिएको छ । शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता विषयलाई प्राथमिकता दिइन्छ । युरोपका केही देशका सरकारी कार्यालयमा टिकटक प्रतिबन्ध छ । तर देशका आम जनताहरूको माझमा प्रतिबन्ध छैन। नेपालमा पनि सैनिक, प्रहरी र कर्मचारीलाई कार्यालयमा टिकटक प्रयोग गर्न प्रतिबन्ध छ। 

भारतमा टिकटक प्रतिबन्ध हुनुको कारण भने भू-राजनीतिक हो । भारत र चीनको प्रतिद्वन्द्विताका कारण भारतले जे गर्छ, त्यो नेपालले गर्दैन भनेर विश्व जगतलाई देखाउनका लागि पनि हाम्रो देशमा टिकटक बन्देज हुनुहुँदैन भन्ने मेरो राजनीतिक मत छ। दोस्रो, फूटपाथबाट लखेटिएका जनतालाई टिकटकबाट पनि लखेट्नु अमानवीय कदम हो भन्ने मेरो आर्थिक मत छ । र तेस्रो, हाम्रोजस्तो बहुजातीय देशमा परम्परा र चलनचल्तीहरूको अन्तरघुलनका लागि टिकटक सुचारु हुनुपर्छ भन्ने मेरो सांस्कृतिक मत छ ।

टिकटकले नेपालका मिडियाले लुकाएको भिडियो देखाउँदै आएको छ । टिकटक जनताको प्रतिपक्षी सरकार हो । राजनीतिक दलका नेता, संसद, उच्चस्तरका कर्मचारीहरूलाई प्रतिपक्षी सरकार कहिल्यै मन पर्दैन। टिकटक बन्द गर्ने सरकारी निर्णय गराउन सकेकोमा तिनीहरू खुशी छन् । 

सभ्य समाजको ठेक्का टिकटकले मात्रै लिएको छैन। पहिला राजनीति र शासकहरूको दिमाग सभ्य बनाऊ टिकटक आफैं सभ्य हुन्छ । टिकटकका कन्टेन्टलाई आवश्यकताअनुसार म्यानेज गर्न सक्ने विकल्पहरू छन् । दिनमा यति समयमात्र चलाउने भनेर डेली लिमिट राख्न पनि सकिन्छ । 

२१औं शताब्दीको विज्ञानको उपलब्धिलाई सभ्यतासँग जोड्ने हो भने सबैभन्दा पहिला पब्जी बन्द गर्नुपर्छ । आर्थिकरूपमा क्षति पुर्‍याउने कैयौं अनलाइन गेमिङ छन्, तिनलाई बन्द गर्नुपर्छ । तर, त्यतापट्टि कसैको ध्यान छैन। सबैको नजर नि:शुल्क प्राप्त गर्न सकिने टिकटकतिर छ ।

२१औं शताब्दीको विज्ञानको उपलब्धिलाई सभ्यतासँग जोड्ने हो भने सबैभन्दा पहिला पब्जी बन्द गर्नुपर्छ । आर्थिकरूपमा क्षति पुर्‍याउने कैयौं अनलाइन गेमिङ छन्, तिनलाई बन्द गर्नुपर्छ । तर, त्यतापट्टि कसैको ध्यान छैन। सबैको नजर नि:शुल्क प्राप्त गर्न सकिने टिकटकतिर छ । जसरी राजनीतिमा असम्भव भन्ने केही छैन, त्यसैगरी विज्ञानमा विकल्प नहुने भन्ने पनि केही छैन । सरकारले हतासमा टिकटक बन्दको घोषणा गरे पनि जनताले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका छन्। 

हरेक सांस्कृतिक अराजकताहरू क्रमिक रूपमा सुधार हुँदै जान्छन्। हाम्रो शिक्षा प्रणालीसँग पनि समाजको स्तर जोडिएको हुन्छ । तर, हरेक व्यक्तिको जीवनको एउटा 'कन्भिक्सन' हुन्छ । तर, बन्देज भन्ने शब्द लोकतन्त्रको शब्दकोषमा हुँदैन । आफ्नो सम्पूर्ण जीवन नेपाली जनताको स्वतन्त्रताका लागि समर्पण गरेका प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा एकाएक टिकटक बन्द गर्नु, गराउनू भनेको उनी आफ्नो कन्भिक्सनबाट बाहिर निस्किनु हो । टिकटकसँग डराउने मान्छे प्रचण्ड हुनै सक्दैनन् । 

शासकीय रूपमा ज्ञानेन्द्र शाह नराम्रो छन् भन्ने धेरैलाई थाहा थिएन। तर, जब उनले टेलिफोन, रेडियो, टेलिभिजन, पत्रपत्रिका रातारात बन्द गराए, त्यसपछि सबैलाई राजा भएर पनि यस्तो दु:ख दिने मान्छे त खत्तम नै रहेछन् भन्ने पर्‍यो । शहरका मान्छेहरू सडकमा निस्किए । ज्ञानेन्द्रले उठाएको निरंकुश कदम आफैंलाई आत्मघाती भयो। र, अन्तत: जनताको नासो आखिरीमा जनतालाई नै फिर्ता दिनुपर्‍यो । शायद आमसञ्चारमा प्रतिबन्ध नलगाएको भए राजतन्त्र नरहे पनि उनको छवि निरंकुश बन्ने थिएन ।

नेपालमा प्रचण्डको प्रगतिशील छविलाई बदनाम गर्ने प्रयास लामो समयदेखि चल्दै आएको छ । उनको नेतृत्वमा गरिएको युद्ध र आन्दोलनले प्राप्त गरेका कैयौं हक अधिकारहरू केही पनि हैनन् भनेर सामान्यीकरण गर्न खोजिँदैछ। टिकटक बन्द गराएर युवा पुस्ताको नजरमा प्रचण्डलाई पनि निरंकुश देखाउने षड्यन्त्र भइरहेको छ। त्यसकारण प्रचण्डले विज्ञानको नासो विज्ञानलाई नै फिर्ता दिएर थप 'ड्यामेज कन्ट्रोल' गर्नु नै वैज्ञानिक कदम हुनेछ ।

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x