
टिकटक प्रतिबन्दविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा हुने भएको छ । सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्यानेइमा राखिएको थियो । तर मंगलबार भने शर्माको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।
रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।