२९ जेठ २०८३, शुक्रबार

रोबिन तामाङको सम्झनामा काठमाडौंमा साङ्गीतिक कार्यक्रम हुँदै

मंसिर ५, २०८०
काठमाडौं
रोबिन तामाङको सम्झनामा काठमाडौंमा साङ्गीतिक कार्यक्रम हुँदै

दिवंगत अभिनेता, संगीतकार तथा गायक रोबिन तामाङको सम्झनामा ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा साङ्गीतिक प्रस्तुति गर्ने भएको छ । 

गायक रोबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक साङ्गीतिक प्रस्तुति दिन लागेको हो । 

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा साङ्गीतिक ब्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । एक्सिसले नेपाल टुर अन्तर्गत काठमाडौंमा पहिलोपटक ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत आफ्नो गीत सुनाउन लागेको हो । 

ब्याण्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरु ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ ।

कार्यक्रममा रोबिन एण्ड द न्यू रिभोल्युसनका सदस्यहरूसँग मिलेर अन्य गायकहरूले ‘नेपाल’, ‘भुलमा भूल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन् । 

कार्यक्रमका लागि टिकटहरू ई–सेवामा उपलब्ध रहेको आयोजकले जनाएको छ । गायक रोबिनको गत असारमा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्