
बुटवलको कृषि उपज तथा थोक बजार केन्द्रमा राखिएको काँक्रोमा पनि विषादी भेटिएको छ ।
रोल्पा कृषक समूह धादिङबाट ल्याइएको हरियो काँक्रो परीक्षण गर्दा ४३.८२ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो ।
बुटवलमा कृषि मण्डीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा जाँच गर्दा केही दिन मात्र पर्खेर उपयोग गर्न मिल्न खालको देखिएको नायव प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए ।
३५ देखि ४५ प्रतिशत विषादी देखिएमा केही दिन नपर्खी उपभोग गर्न मिल्दैन । बुटवलमा आउने हरेक तरकारी जाँच गर्दा विषादी भेटिने क्रम बढेको छ ।