२७ असार २०८३, शनिबार

१८७ मत ल्याउन नसक्दा कलैयामा चुक्यो एमाले, कांग्रेसले मार्यो बाजी

कात्तिक २०, २०७४
१८७ मत ल्याउन नसक्दा कलैयामा चुक्यो एमाले, कांग्रेसले मार्यो बाजी

कलैया, ११ असोज– तेस्रो चरणमा यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।

काँग्रेसका यादवले १० हजार ९०३ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद साहले १० हजार ७१६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्