२६ असार २०८३, शुक्रबार

मदन भण्डारी कलेजको पुस्तकालय सर्वसाधारणका लागि खुला

मंसिर ६, २०८०
काठमाडौं
मदन भण्डारी कलेजको पुस्तकालय सर्वसाधारणका लागि खुला

मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय सर्वसाधारणका लागि खुला गरिएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित कलेजले सञ्चालन गरेको पुस्तकालय पहिले कलेजका विद्यार्थीका लागि मात्र खुला रहेको थियो ।

सामुदायिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले समुदायप्रतिको दायित्व महसुश गरी सबैका लागि पुस्तकालय खुला गर्ने निर्णय गरेको निमित्त क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिए ।

अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ । 

समाज, संस्कृति, साहित्य, भाषालगायत विविध विषयमा नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका करिब १० हजार पुस्तक कलेजको पुस्तकालयमा उपलब्ध छन् । 

पुस्तकालय प्रयोगकर्ताले त्रिवि केन्द्रीय डिजिटल पुस्तकालय र यसमार्फत विश्वका विभिन्न डिजिटल डाटाबेस ‘सर्च’ गरी अध्ययन गर्न पाइने प्रबन्ध मिलाइएको निमित्त क्याम्पस प्रमुख डा. अधिकारी बताउँछन् ।

अध्ययन, अनुसन्धान तथा खोज कार्यलाई प्रश्रय दिन कलेजले ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स्’ र ‘श्वेतशार्दूल’ जस्ता जनरल पनि प्रकाशन गर्दै आएको छ ।

यस कलेजले समय-समयमा काठमाडौं बाहिरका विभिन्न शैक्षिक संस्थाको पुस्तकालय क्षमता अभिवृद्धिका लागि सहयोगस्वरूप पुस्तक पनि उपलब्ध गराउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्