०८ असार २०८३, सोमबार

काठमाडौंमा अरिजितको कन्सर्ट, नेपाली सेलिब्रिटीसमेत झुमे

मंसिर १०, २०८०
काठमाडौं
काठमाडौंमा अरिजितको कन्सर्ट, नेपाली सेलिब्रिटीसमेत झुमे

बलिउडका चर्चित गायक अरिजित सिंह नेपालमा पहिलोपटक गुञ्जिएका छन् । 

शनिवार साँझ काठमाडौंको चाबहिलस्थित हायात ग्राउन्डमा आयोजित ‘अरिजित सिंह लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरूमार्फत नेपाली दर्शकलाई झुमाएका छन् । 

उनले झन्डै ४ घन्टा गीत गाए । त्यहाँ उनले लाइभ गीत गाउनुका साथै फ्यानहरुलाई  अटोग्राफ पनि दिए । 

नेपालको राष्ट्रिय झण्डा काँधमा राखेर समेत उनले केहीसमय प्रस्तुति दिएका थिए । उनले गीत गाइरहँदा दर्शकहरूले पनि उनीसँगै गीत गुनगुनाएका थिए भने हुटिङ गरेर साथ दिएका थिए । 

कन्सर्टमा नेपाली सेलिब्रिटीहरूको पनि उल्लेख्य उपस्थिति थियो । अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, अभिनेता सलोन बस्नेत, गायक प्रताप दास लगायतका सेलिब्रिटीहरू अरिजितको कन्सर्टमा उपस्थित थिए ।

राज म्यानेजमेन्ट इन्टरटेनमेन्ट र एम।एन प्रोडक्सनले अरिजितलाई कन्सर्टका लागि काठमाडौंमा ल्याएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्