
निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘दुखी आत्मा’ राखिएको छ ।
फिल्ममा निर्देशक लामाकै कथा लेखन रहनेछ । हाल फिल्मको पटकथा लेखन अन्तिम चरणमा पुगेको छ ।
फिल्ममा कलाकारका रुपमा अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् । बाँकी कलाकार र प्राविधिकको नाम छिट्टै टुंग्याउने निर्देशक लामाले बताएका छन् । फिल्ममा ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाको लगानी रहनेछ ।
क्लकवर्क क्रियसन्स प्रालिले बनाउन लागेको फिल्मलाई आरआर फिल्मले वितरण गर्नेछ ।
निर्देशक लामाको यो छैटौँ फिल्म हो । उनको निर्देशन रहेको पछिल्लो फिल्म ‘नाङ्गो गाउँ’ गत भदौ प्रदर्शनमा आएको थियो ।