१० साउन २०८३, आइतबार

घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिँदै ‘स्किल सेवा’

मंसिर १४, २०८०
काठमाडौं
घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिँदै ‘स्किल सेवा’

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ ।

घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ ।

सेवाले घर निर्माणसँग सम्बन्धित जग्गा छनोट, नक्सा स्वीकृति, सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तर, आवश्यक कागजातहरू र प्रक्रियाहरूबारे महत्वपूर्ण सुझाव प्रदान गर्न निःशुल्क परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश तिमिल्सिनाका अनुसार कम्पनीले हरेक शनिवार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निःशुल्क परामर्श कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

स्किल सेवाले पोखरा, चितवन र बुटवलजस्ता ठूला शहरहरूमा सुरक्षित, दिगो र समस्यारहित घर निर्माण गर्न विशेष सल्लाह प्रदान गर्ने लक्ष्य राखेको उनले बताए ।

असुरक्षा, खेर जाने सक्ने लगानी र पुनः बिक्रीमा आउने कठिनाइलगायतका सम्भावित जोखिमहरूलाई हाइलाइट गर्दै तिमिल्सिनाले घर निर्माणको परियोजनामा लाग्नुअघि प्राविधिकसँग परामर्श गर्नु पर्नेमा जोड दिए ।

उनले सम्भावित र वर्तमान घरधनीहरूलाई कार्यक्रमको फाइदा लिन आग्रह गर्दै भने, ‘प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौं । साथसाथै प्रक्रियागत त्रुटीसमेत नहुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ । यसका अतिरिक्त प्राकृतिक विपद्, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ ।’

salt training

कमेन्ट गर्नुहोस्